एनपीएल खेल्न आइपुगे डु प्लेसिस
सोमबार, १५ मङ्सिर २०८२, १८ : २४
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन खेल्न दक्षिण अफ्रिकाका ब्याटर फाफ डु प्लेसिस काठमाडौँ आइपुगेका छन् ।
एनपीएलमा डु प्लेसिसलाई विराटनगर किंग्सले अनुबन्ध गरेको थियो, उनी सोमबार काठमाडौँ आइपुगेका हुन् । डु प्लेसिसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका पदाधिकारी र विराटनगरका म्यानेजमेन्ट टोलीले स्वागत गरेका थिए ।
डु प्लेसिसले इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुबाट २०२२ देखि २०२४ सम्म प्रतिस्पर्धा गरेका थिए । दक्षिण अफ्रिकाबाट उनले ६९ टेस्ट, १४३ एकदिवसीय र ५० टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । यस क्रममा उनले २३ शतक र ६६ अर्धशतक प्रहार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण