‘मुगलान’को ‘मेरो प्रियतम’ गीतमा प्रभात र स्मारिकाको रोमान्टिक अवतार
काठमाडौँ । आगामी पुस १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मुगलान’को गीत ‘मेरो प्रियमत’ सार्वजनिक गरिएको छ ।
गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई फिचरिङ गराइएको छ। उनीहरूको जोडीलाई गीतमा रोमान्टिक अवतारमा उतारिएको छ ।
प्रताव दास र बेनिशा पौडेलको स्वर रहेको गीतको शब्द सिर्जना लम्सालले लेखेकी हुन्। किरण भुसालको संगीत रिदम कँडेलको संगीत संयोजन गीतमा कोरियाग्राफी देबेन्द्र कुँवर र छायांकन अजय रेग्मीको छ।
यसअघि ‘मुगलान’मा समावेश गीत ‘पिन्टु पियारी’रिलिज गरिएको थियो। जुन गीतलाई दर्शकले मन पराएका थिए।
रिहान प्रोडक्सनको ब्यानरमा बनेको ‘फिल्म ‘मुगलान’मा प्रभात र स्मारिकाको अलावा श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख।ब।पु।, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय छ ।
आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता गोमन सिंह हुन्। निर्माता सिंहको यो डेब्यु निर्माण हो। त्यसै गरि यो फिल्मको को–प्रोड्युसरमा रिता चौधरी रहेकी छन्।
तारा थापा ‘किम्भे’को सम्पादन,जय बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन रहेको फिल्ममा बिजिएम रिदम कँडेलको छ। फिल्ममा कोरियोग्राफर देबेन्द्र कुँवरको छ भने डिओपी अजय रेग्मीको छ।
फिल्ममा संगीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार,प्रताप दास, बेनिशा पौडेल,हरि गिरी विमर्शीको छ। गीत रचनामा आशिष ढकाल,सिर्जना लम्साल,हरि गिरी विमर्शी रहेका छन्। फिल्मको वितरण आर आर फिल्मस्ले गर्दैछ। यस गीतलाई युना इन्टरटेन्टमेन्ट युटुब च्यानलमार्फत बाहिर ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण