राजनीति
अब सोनल नेतृत्वमा सरकार बनाउने पहल थाल्छौँ: लोसपा
मङ्गलबार, १६ मङ्सिर २०८२, ११ : १६
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेसका संसदीय दलका नेता जयनुल राइनले जितेन्द्र सोनल नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने बताएका छन् ।
सर्वोच्चको परमादेश अनुसार आजै अबेर साँझ २४ घण्टाभित्र मुख्यमन्त्रीलाई विश्वासको मतका लागि दिइएको समयसीमा समाप्त हुने बताउँदै उनले त्यस लगत्तै सरकार गठनका लागि आह्वानका लागि प्रदेश प्रमुखलाई भेटेर आग्रह गर्ने बताए ।
उनले भने ‘मुख्यमन्त्रीजी विश्वासको मत लिन सक्ने स्थिति देख्दिनँ, समयसीमा पूरा भएलगत्तै हामी ७ दलका साथीहरु सरकार निर्माणका लागि पहल थाल्ने छौँ ।’
७ दल भित्र जितेन्द्र सोनललाई नै मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने सहमति भएको उनको दाबी छ । उनले भने, ‘ तर यो बिचमा कांग्रेसको दावी पनि आइरहेको छ, बैठक बसेर हामी समझदारी खोज्ने प्रयास गर्नेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना र इजिप्टबिचको खेल सुरु, मेस्सीले गर्न सक्लान् गोल ?
-
राज्यविरूद्ध कसुर गर्ने टोपबहादुर रायमाझीलाई कति वर्ष जेल सजाय होला?
-
अमेरिकालाई बेल्जियमको जवाफ : अब यसलाई उल्ट्याऊ !
-
भारतीय प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान
-
फरार ८ प्रतिवादीको मुद्दा 'मुलतबी' मा, पक्राउ परेका बखत पुनः ब्युँतिने
-
भुटानी शरणार्थी प्रकरणः कसुरदार ठहरिएकाहरूको सजाय निर्धारण असार २९ गते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण