हर्क साम्पाङको पार्टीले सार्वजनिक गर्यो घोषणापत्र र एजेन्डा
मङ्गलबार, १६ मङ्सिर २०८२, १५ : ३९
सारांश
- हर्कराज साम्पाङ राईले देशको दिगो विकासका लागि श्रमदान आवश्यक रहेको बताए ।
- उनले जनतालाई देश र माटोसँग जोड्न श्रमदान आवश्यक रहेको कुरामा जोड दिए ।
- श्रम संस्कृति पार्टी स्थापनाको उद्देश्य श्रमको सम्मान र श्रमिकलाई न्याय दिनु हो ।
- श्रमदानबाट विकास गर्दा जनता आफैँ संलग्न हुने उनको भनाइ छ।
सुनसरी । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आफ्नो घोषणापत्र र एजेन्डा सार्वजनिक गरेको छ ।
अध्यक्ष साम्पाङले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् । उनको घोषणापत्रमा देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको उल्लेख छ ।
धरान उपमहानगरका प्रमुख समेत रहेका उनले भने, 'जनतालाई देश र माटोसँग जोड्नु आवश्यक छ । केवल योजनाबद्ध काम र बजेटमा निर्भर रहँदा विकास ढिलो हुन्छ । छिटो विकासका लागि श्रमदान अपरिहार्य छ ।'
श्रमदानबाट विकास गर्दा जनता आफैँ संलग्न हुने उनको भनाइ छ । देशको दिगो विकासलाई मध्यनजर गर्दै श्रम संस्कृति पार्टी स्थापना गरिएको उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण