अख्तियार प्रमुख राईलाई धम्की दिने युवकबारे प्रहरीले थाल्यो अनुसन्धान
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईलाई धम्की दिने युवकबारे प्रहरीले अनुसन्धान थालेको छ ।
आफूलाई उग्रबादी सङ्गठनको अध्यक्ष बताउने युवकले सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर राईलाई धम्की दिएका हुन् ।
अख्तियारको इमेलमा पठाएको भनिएको धम्की पत्रमा प्रकाश पाठकको नाम उल्लेख गरेर अख्तियार प्रमुखलाई ‘सफाया’ गरिने उल्लेख छ । त्यसबारे अनुसन्धान थालिएको काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए । उनले भने, ‘अवाञ्छित तवरले धाकधम्की दिएको विषयमा अनुसन्धान भइरहेको छ ।’
आफूलाई एक्ट्रिमिस्ट ग्रुप अफ नेपालको अध्यक्ष बताउँदै ती युवकले भनेका छन्, ‘अख्तियार प्रमुखलाई खुरुक्क राजीनामा गर्न अनुरोध छ अन्यथा १० दिनभित्र हामी सक्काइदिन्छौँ ।’
ती युवकले आफूलाई प्रहरीले पक्राउ गर्न खोजेको तर, आफू भारतमा रहेको जिकिर गरेका छन् । उनले भनेका छन्, ‘म भारतमा छु, मलाई पक्राउ गर्न असम्भव ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण