सद्भावना पार्टीले तोक्यो प्रदेश र जिल्ला कमिटी अध्यक्ष
काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल छाडेर नेपाल सद्भावना पार्टीका अध्यक्ष बनेका अनिलकुमार झाले प्रदेश कमिटी र जिल्ला कमिटी गठन गरेका छन् ।
नेपाल सद्भावना पार्टी पुनर्गठन गरी संगठन निर्माणमा लागेका उनले पाँच प्रदेशमा कमिटी बनाएका छन् । नेपाल सद्भावना पार्टीका महासचिव सरस्वती झाका अनुसार हाललाई प्रदेश तथा जिल्लामा अध्यक्ष मात्र चयन गरिएको छ । पछि कमिटी विस्तार गर्ने उनले बताइन् ।
महासचिव झाका अनुसार कोशी प्रदेशमा तेजनारायण राजवंशी, मधेसमा विन्देश्वर यादव, बागमतीमा काजीमान लोप्चन, लुम्बिनीमा सुरेन्द्रकुमार पटेल र सुदुरपश्चिममा रत्नादेवी महतो थारुलाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।
यस्तै झापा जिल्लाको अध्यक्षमा राजकुमार महतो, मोरङमा जगनाथ राजवंशी, सुनसरीमा केदार पण्डित, सप्तरीमा सुब्बी यादव, धनुषामा दीपनारायण यादव, महोत्तरीमा धिरेन्द्रकुमार झा, सर्लाहीमा छोटेलाल सहनीलाई अध्यक्ष बनाइएको छ ।
रौतहटमा कुमार भाष्कर रमण, बारामा गणेशबहादुर कुशवाहा, पर्सामा कृष्णप्रसाद कुर्मी, मकवानपुरमा जितबहादुर लामा, चितवनमा जितबहादुर रुम्बा, नवलपरासीमा मोहम्मद अलि हुसैन, रुपन्देहीमा सञ्जय जयसवाल, कपिलवस्तुमा कालीपद शर्मा र दाङमा ओमप्रकाश गुप्तालाई अध्यक्ष चयन गरेको महासचिव झाले जानकारी दिइन् । चयन भएका प्रदेश तथा जिल्लाका अध्यक्षहरुले आ-आफ्नो प्रदेश र जिल्लामा पदाधिकारी चयन गरी कमिटीलाई पूर्णता दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण