मौद्रिक समीक्षा कार्यान्वयनमा : ऋण प्रवाह खुकुलो, कर्जा नोक्सानीमा कडाइ कायमै
काठमाडौँ । मौद्रिक नीतिको समीक्षामा गरेका व्यवस्था कार्यान्वयनमा गएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
यस अनुसार बाढी पहिरोबाट पीडित व्यवसायीको आगामी कर्जाको पुनर्संरचना गर्ने अवधि चैत महिनासम्म तोकिएको छ । त्यसरी पुनर्संरचना गर्दा अहिले जुन वर्गमा छ, त्यही वर्ग बराबरको कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने जनाइएको छ ।
त्यस्तै, व्यक्तिगत प्रयोजनका ओभरड्राफ्ट कर्जाको सीमा १ करोड कायम गरिएको छ । परिपत्रमार्फत् ब्याजदर करिडोरको सीमा समायोजन गर्दै स्थायी तरलता सुविधा दर ५.७५ प्रतिशत कायम गरिएको छ ।
तस्तै नीतिगत दर ४.२५ प्रतिशत कायम गरिएको छ । तल्लो सीमाको रूपमा रहेको निक्षेप सङ्कलन दर २.७५ प्रतिशतलाई यथावत् राखिएको छ ।
लघुवित्त वित्तीय संस्थाको ऋणको सीमा ७ लाखबाट बढाएर १५ लाख पुर्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण