दक्षिण कोरियामा लगातार मूल्यवृद्धि
सारांश
- दक्षिण कोरियामा उपभोक्ता मूल्य वृद्धि दर २.४ प्रतिशत पुग्यो।
- दक्षिण कोरियाली वोनको अवमूल्यनले मूल्यवृद्धिमा योगदान पुर्यायो।
- पेट्रोल, डिजेल र खाद्यवस्तुको मूल्य बढ्यो।
सिओल । दक्षिण कोरियामा नोभेम्बर महिनामा उपभोक्ता मूल्य वृद्धि दर २।४ प्रतिशत पुगेको छ, जसले लगातार तेस्रो महिनासम्म दुई प्रतिशतभन्दा माथिको स्तर कायम गरेको छ । तथ्याङ्क मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा स्थानीय मुद्रा अमेरिकी डलरसमक्ष कमजोर बन्दै गएपछि मूल्यवृद्धिमा थप चाप परेको उल्लेख गरिएको छ ।
उक्त प्रतिवेदनअनुसार उपभोक्ता मूल्य सूचकाङ्क अघिल्लो वर्षको सोही महिनाको तुलनामा २.४ प्रतिशतले बढेको छ । यसअघि जुलाईमा २।१ प्रतिशत र अगस्तमा २.४ प्रतिशत वृद्धि दर्ता भएपछि हालको वृद्धिले केन्द्रीय बैङ्कले निर्धारण गरेको दुई प्रतिशत लक्ष्यभन्दा माथिको अवस्था निरन्तर कायम गरिरहेको छ ।
मूल्यवृद्धिका कारण तेलजन्य वस्तु तथा केही आयातित खाद्यवस्तुको मूल्य उल्लेख्य रूपले वृद्धि भएको छ । अक्टोबर अन्त्यमा विनिमय दर एक डलर बराबर एक हजार ४२४.४ वोन पुगेको थियो, र नोभेम्बर २१ मा दिनको कारोबारका क्रममा एक हजार ४७६.० वोनसम्म पुग्दै अप्रिल ९ पछि अहिलेसम्मकै उच्च स्तरमा पुगेको थियो ।
तेलजन्य वस्तुको मूल्य ५.९ प्रतिशत वृद्धि भएको छ, पेट्रोल ५।३ प्रतिशत र डिजेल १०।४ प्रतिशतले महँगिएको पाइएको छ ।
प्रशोधित खाद्यवस्तुको मूल्य ३.३ प्रतिशतले बढ्दा समग्र मूल्यवृद्धिमा ०।२८ प्रतिशत अंकले थप प्रभाव परेको मन्त्रालयले जनाएको छ ।
कृषि, पशुपालन तथा मत्स्यजन्य वस्तुको मूल्य वृद्धि दर ५।६ प्रतिशत दर्ता भएको छ, जुन अघिल्लो महिनाको ३.१ प्रतिशतभन्दा उल्लेख्य रूपमा उच्च हो ।
दैनिक उपभोग्य सामग्री मूल्य सूचकाङ्क नोभेम्बरमा २.९ प्रतिशतले उकालो लागेको छ भने माछा,फलफूल तथा तरकारीजस्ता ताजा खाद्यवस्तुको मूल्य ४।१ प्रतिशतले बढेको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण