गाजाका पाँच क्षेत्रमा निरन्तर आक्रमण, मानवीय उद्धार चुनौतीपूर्ण
सारांश
- गाजामा जारी आक्रमणका कारण घाइतेहरूको उद्धार चुनौतीपूर्ण बनेको छ।
- संयुक्त राष्ट्रसंघले घाइतेको उद्धार र स्वास्थ्य सेवाको लागि आह्वान गरेको छ।
- पश्चिम किनारामा इजरायली सैन्य गतिविधि बढेकाले स्थानीय विस्थापित भएका छन्।
काठमाडाैँ । गाजाका पाँचै प्रशासनिक क्षेत्रमा जारी आक्रमणका बीच, संयुक्त राष्ट्रसङ्घका मानवीय निकायहरूले गाजा सहरमा घाइतेहरूको उद्धारका लागि नागरिक सुरक्षा टोलीबाट आएको आपत्कालीन आह्वानमा तुरुन्तै प्रतिक्रिया जनाएर सहयोग गरेको बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घको मानवीय कार्यसमन्वय कार्यालयका अनुसार तुफाह क्षेत्रमा सोमबार प्राप्त आपत्कालीन खबरपछि उद्धार टोलीहरूले घाइतेलाई सुरक्षित स्थानमा पुर्याए । आह्वानको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
विश्व स्वास्थ्य सङ्गठनले आफ्नो टोलीमार्फत १८ बिरामी र तिनका ५४ साथीसहित उपचारका लागि गाजाबाट बाहिर निकासी गरिएको जानकारी दिए । संस्थाका अनुसार गाजामा अहिले पनि १६ हजार ५०० भन्दा बढी बिरामीलाई त्यहाँ उपलब्ध नभएको जीवनरक्षक उपचार अत्यावश्यक छ ।
जाडो नजिकिँदै जाँदा, गाजामा बालबालिकासहित अत्यन्त पीडित जनताका लागि सहयोग विस्तार गर्न मानवीय समुदायले प्रयास तीव्र पारेको छ ।
गत दुई महिनामा, मानवीय साझेदार संस्थाहरूले जाडोको तयारीका लागि आवश्यक सामग्री दसौँ हजारको सङ्ख्यामा वितरण गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घले सबै उपलब्ध सीमा नाका र मार्ग खोल्न पुनः आग्रह गर्दै बिरामीलाई पश्चिम किनारामा उपचार लिन दिनुपर्ने तथा अन्तर्राष्ट्रिय आपत्कालीन स्वास्थ्य टोलीलाई गाजामा निर्बाध प्रवेश गराउनुपर्ने आवश्यकता जोड दिएको छ ।
पश्चिम किनारामा भने तुबास र जेनिन क्षेत्रमा हालै इस्रायली सैन्य गतिविधि बढेकाले स्थानीय समुदायमा विस्थापन, असुरक्षा, पानी आपूर्ति सञ्जालको क्षति र व्यवसायिक संरचनाहरू बन्द हुनेजस्ता समस्या बढेको ओसीएचएले जनाएकाे छ ।
संस्थाका अनुसार पछिल्ला दुई दिनमै झन्डै दुई दर्जन प्यालेस्टिनी परिवार जबरजस्ती घरबाट हटाइएका छन्, ती घरहरूलाई सैन्य निगरानी चौकीका रूपमा प्रयोग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण