विशेष महाधिवेशन पक्षधरले थाले शेखर–गगनलाई एकैठाउँमा ल्याउने प्रयास
सारांश
- नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएकाहरूले शेखर कोइराला र गगन थापालाई १५औँ महाधिवेशनमा एकै ठाउँमा ल्याउनुपर्ने बताए।
- विशेष महाधिवेशन पक्षधर र इतर समूहका नेताहरूबीचको छलफलमा दुवै नेतालाई एकै स्थानमा उभ्याउनुपर्ने धारणा राखियो।
- डा. कोइराला र थापाले १५ औँ महाधिवेशनमा सभापति बन्ने तयारी गरिरहेकाले एकै ठाउँमा आउने सम्भावना कम देखिन्छ।
काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग्दै हस्ताक्षर बुझाएकाहरूले पार्टीभित्रको इतर समूहका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा १५औँ महाधिवेशनमा एकैठाउँमा हुनुपर्ने बताएका छन् ।
बुधबार विशेष महाधिवेशन माग्ने र इतर समूहका नेताहरूबिच भएको छलफलमा उनीहरूले १४ औँ महाधिवेशनमा डा. शेखर र गगन एउटै प्यानलबाट निर्वाचन लडेकाले १५ औँ महाधिवेशनमा पनि एकै ठाउँमा ल्याउने प्रयास गर्नुपर्ने बताएका हुन् ।
बुधवार राजधानीको विशालनगरमा विशेष महाधिवेशन पक्षधरका तर्फबाट नेतृत्वकर्ता गुरुराज घिमिरे, देवराज चालिसे र टेकराज पौडेल सहभागी थिए भने इतर समूहका तर्फबाट सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे तथा केन्द्रीय सदस्यहरू डिलेन्द्र बडू, सरिता प्रसाई, प्रा.डा. गोविन्दराज पोखरेलसहितका नेताहरू सहभागी थिए ।
त्यो छलफलमा नेताहरूले दुई नेतालाई एकै स्थानमा उभ्याउनुपर्ने बताएका हुन् । छलफलमा सहभागी पौडेलले विशेष महाधिवेशन माग्ने र नियमित महाधिवेशन प्रतिनिधिसभा निर्वाचन अगाडि हुनुपर्छ भन्नेहरू १५औँ महाधिवेशनमा एक ठाउँमा हुनुपर्छ भन्ने नेताहरूको धारणा आएको बताए ।
‘विशेष महाधिवेशन हुनुपर्छ भन्ने र निर्वाचनअगाडि नियमित महाधिवेशन हुनुपर्छ भन्नेहरू घोषित १५ औँ महाधिवेशनमा एक ठाउँमा उभिनुपर्छ भन्ने साथीहरूको धारणा छ,’ पौडेलले रातोपाटीसँग भने, ‘दुवैको माग छिटो महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने भएकाले एक ठाउँमा हुनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’
तर, डा. कोइराला र थापाले १५ औँ महाधिवेशनमा सभापति बन्ने तयारी गरिरहेकाले एक ठाउँमा हुने सम्भावना भने कम देखिन्छ । डा. कोइरालाले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन अगाडि १५औँ नियमित महाधिवेशन हुनुपर्छ भन्ने धारणा एक वर्षदेखि राख्दै आएका छन् ।
महामन्त्री थापाको अगुवाइ र नेताहरू घिमिरे र चालिसेको नेतृत्वमा २ हजार ४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण