बालबालिकाको अस्थायी तथा वैकल्पिक स्याहारका लागि महानगरपालिका र एसओएस बालग्रामबिच समझदारी
काठमाडौँ । अस्थायी संरक्षण र वैकल्पिक स्याहारको आवश्यकता भएका बालबालिकाहरूको सर्वोत्तम हितमा काम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले एसओइस बालग्रामसँग सहमति गरेको छ ।
बुधबार महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र कार्यपालिका सदस्य महेश नेपालीको रोहवरमा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र बालग्रामका राष्ट्रिय निर्देशक डा. गंगाबहादुर गुरुङले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि उपप्रमुख डंगोलले, जैविक अभिभावक नभएका बालबालिकाको सुरक्षित भविष्यका लागि महत्त्वपूर्ण काम थालनी भएको बताइन् ।
‘जोखिमपूर्ण अवस्थाबाट उद्धार गरेर ल्याएका बालबालिका झन् खराब अवस्थामा पुग्ने हुन् कि भन्ने चिन्ता भइरहन्थ्यो । बाल संरक्षणमा वर्षौँ काम गरेको बालग्रामसँगको सहकार्यले त्यो चिन्ता कम भएको छ,’ उनले भनिन्, ‘बालबालिकाको शारीरिक र मानसिक विकास तथा भावनात्मक अवस्था व्यवस्थापनमा काम गर्न सामान्य कुरा होइन । बालबालिकामा आत्मविश्वास जगाउन, सुरक्षित र आत्मनिर्भरतायुक्त भविष्य निर्माण गर्न संवेदनशील भएर काम गरौँ ।’
‘बाल सुरक्षाका लागि महानगरपालिकाले नीति, योजना तथा कार्यक्रममार्फत संस्थागत प्रयत्न गरेको छ ।’ प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले भने, ‘ज्ञान, स्रोत र सिपमा सहकार्य गरेपछि दिगो नतिजा प्राप्त हुन्छ ।’
समझदारी आजैदेखि आउँदो ५ वर्षसम्मका लागि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण