राष्ट्रिय गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’ सार्वजनिक
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरको शब्द रहेको राष्ट्रिय गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’ सार्वजनिक गरिएको छ ।
ललितपुरमा बुधबार आयोजित एक कार्यक्रममा राष्ट्रिय गानका रचयिता प्रदीप कुमार राई (ब्याकुल माइला)ले गीत सार्वजनिक गरे ।
गीतमा प्रमोद खरेलको स्वर र हरि लम्सालको संगीत रहेको छ । देशभक्ति गीतको भिडियोमा राजेश हमाल, महावीर पुन, प्रदीप कुमार राई (ब्याकुल माइला), समाजसेवी अनुराधा कोइराला, ओलम्पियन खेलाडी दिपक बिष्ट, नैनसिंह महर, शितल केसी, दिपेश एसके, मिस पबि, अस्तिना महर, अनिमेश महर, सविना तामाङ लगायत फिचर्ड छन् ।
दशरथ सुनारको निर्देशनमा तयार गीतमा देश कसरी बन्न सक्छ भन्ने सपना र आशा बाँडिएको छ । कार्यक्रममा गीतकार महरले कांग्रेस एमालेको सरकार बनेकै बेलामा गीत सृजना गरिएको बताए ।
उनले भने, ‘जनतामा छाएको निराशालाई आशामा परिणत गर्ने गरी काम गर्ने गरी कांग्रेस एमालेको सरकार बनेको थियो । त्यो सरकारले के गर्यो भने जनतामा आशाको सञ्चार हुन्छ ? भन्ने ट्रयाकमा लेखेको थिए ।’ आधा दर्जन राजनीतिक र शैक्षिक पुस्तक लेखेका महरले पहिलो पटक गीत लेखेका हुन् । उनले भने, समाजमा निराशा बढिरहेको परिस्थितिमा गीत मार्फत सपना बाड्ने र आशा जगाउने कोशिस गरेको छु’
गायक प्रमोद खरेलले राजनीति र साहित्य फरक विधा रहेपनि नैनसिंहले रोजेको बाटो सुखद रहेको बताए । सार्वजनिक गीतले समाजलाई आशाको सञ्चार गर्न सक्ने बताए ।
वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले कला, साहित्य र संस्कृति देशकै पहिचान भएकाले त्यसविना देश नबच्ने बताए । उनले भने, ‘नैनसिंहको यो गीत मन र मष्तिष्क दुवैबाट निस्केको सृजना महसुस गरे । देश राजनीतिले चलाउँछ । तर राजनीतिलाई पनि साहित्य र संस्कृतिले चलाउँछ ।’ गीत, कविताले व्यवस्था परिवर्तनमै उल्लेख्य भूमिका निर्वाह गरेको पत्रकार दाहालले बताए ।
गीतकार समेत रहेका डा. भोला रिजालले राजनीतिमा प्रभाव जमाउँदै आएको नैनसिंहलाई लेखनमा देशभक्ति गीत ‘मेरो देश बन्छ’ले परिचय थप्ने बताए । ‘नैनको गीत हेरेर आफ्ना पुराना गीतको सम्झना आयो । देश बन्छ बन्छ भन्नेमा म पनि विश्वस्त छु’ रिजालले भने ।
राष्ट्रिय गानका रचयिता प्रदीप कुमार राई (ब्याकुल माइला)ले लेखकहरूले समाज र राष्ट्रलाई सकारात्मक दिशामा लैजाने भावका सृजना सार्वजनिक गर्न सक्नुपर्ने बताए । उनले भने, ‘देश बन्छ, बनाउन सकिन्छ भन्ने भाव दिनुले देशमै बसेर पसिना बनाउने प्रेरणा प्रदान गर्दछ । देश स्रोतको अभावले होइन, सोचको अभावले नबनेको हो ।’
कार्यक्रममा पूर्व मन्त्री भक्त बहादुर बलायर, ओलम्पियन खेलाडी दिपक विष्ट, देउडा गायक नन्दकृष्ण जोशी, कांग्रेस नेता रामहरि खतिवडा, उर्मिला थपलिया लगायतका वक्ताहरूले गीत सफलताको शुभकामना दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण