दुर्लभ घटना : जसले २५ मिनेट सीपीआर दिएर सात फिट लामो सर्पलाई बचाए
वलसाड, गुजरात । भारतको गुजरातस्थित वलसाड जिल्लाको वापी औद्योगिक क्षेत्र नजिकैको आमधा गाउँमा आइतबार दिउँसो एउटा चकित पार्ने घटना भएको छ ।
त्यहाँ वन्यजन्तु उद्धारकर्ता मुकेश बायडले करेन्ट लागेर बेहोस भएको एउटा धामन सर्पको मुखमा मुख जोडेर सास २५ मिनेटमा पूर्ण रूपमा पुनर्जीवित गरेका छन् । यो दुर्लभ र मार्मिक घटनाको भिडियो भारतमा सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भइरहेको छ, जसमा मानिसहरूले मुकेशको जीवदया र निस्वार्थ सेवाको खुब प्रशंसा गरिरहेका छन् ।
जानकारी अनुसार वलसाडस्थित वाइल्ड रेस्क्यु ट्रस्टका सक्रिय सदस्य मुकेश बायडलाई आइतबार दिउँसो करिब २ बजे आमधा गाउँको एउटा खेतबाट एउटा ठुलो सर्प बिजुलीको तारमा अल्झिएर बेहोस अवस्थामा रहेको खबर प्राप्त भयो । घटनास्थलमा पुग्दा मुकेशले करिब ७ फिट लामो धामन सर्प पूर्ण रूपमा निर्जीव र निष्प्राण अवस्थामा देखे । उसको सास रोकिएको थियो र शरीर पनि चिसो भइसकेको थियो, जसले गर्दा सर्पले ज्यान गुमाइसकेको जस्तो देखिन्थ्यो ।
मुकेशले मिडियासँगको कुराकानीमा आफूले पहिले सर्पलाई छायामा सुताएको र त्यसमा पानी छर्केको बताएका छन् । जब उनले सर्प बाँच्ने अवस्था देखे, तब उनले समय नगुमाई मुखबाट मुख जोडेर सास दिन थाले ।
करिब २५ मिनेटसम्म मुकेशले लगातार सर्पलाई सीपीआर (मुखमा मुख जोडेर सास दिने काम) दिए। उनको अथक् प्रयासस्वरूप अन्ततः सर्पले आँखा खोल्यो र बिस्तारै हलचल गर्न थाल्यो । यस घटनाले जीवदया र समर्पणले कुनै पनि जीवन बचाउन सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेको छ ।
मुकेशको यो साहसिक र प्रेरणादायी पहल देशभर चर्चाको विषय बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण