लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ
मकवानपुर । प्रतिबन्धित लागुऔषध खैरो हेरोइन खरिद बिक्री गरिरहेको अवस्थामा मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयास्थित पुलबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
रजैयास्थित पुलमा प्रतिबन्धित लागुऔषध बिक्री भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएका प्रहरी टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ घर भई हाल हटाैँडा उपमहानगरपालिका–१९ सान्नानटार बस्ने २६ वर्षीय अनिल स्याङ्तान, मकवानपुरको मनहरी गाउँपालिका– ५ वसन्तपुर निवासी २३ वर्षीय सञ्जित आले, मनहरी गाउँपालिका–३ लामिटार निवासी ३३ वर्षीय विनोदबहादुर बल र मनहरी गाउँपालिका–५ निवासी ३० वर्षीय सुरेश स्याङ्तानलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाको साथबाट करिब २० मिलिग्राम लागुऔषध खैरो हेरोइन र बा८९प ६२९३ नम्बरको मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण