आर्सनलको सहज जीत, ब्रेन्टफोर्ड २-० ले पराजित
बिहीबार, १८ मङ्सिर २०८२, ०३ : ५२
सारांश
- आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक हासिल गर्यो।
- खेलको ११ औं मिनेटमा मिकेल मेरिनोले गोल गरेर आर्सनललाई अग्रता दिलाए।
- बुकायो साकाले दोस्रो गोल थप्दै आर्सनलको जित सुनिश्चित गरे, र आर्सनलले तालिकामा आफ्नो स्थान अझै बलियो बनायो।
काठमाडौँ । बिहीबार सम्पन्न प्रिमियर लिगको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक हात पारेको छ ।
खेलको ११ औँ मिनेटमा मिकेल मेरिनोले गरेको गोलले आर्सनललाई सुरुआती अग्रता दिलायो। खेलभर आक्रामक प्रदर्शन गरेको आर्सनलले अतिरिक्त समयमा दोस्रो गोल थप्यो। आर्सनलका बुकायो साकाले टोलीका लागि दोस्रो गोल गर्दै जीत पक्का गरे।
जितसँगै तालिकाको पहिलो स्थानमा रहेको आर्सनलले आफ्नो अंक बढाएको छ । आर्सनलको ३३ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण