आज गोलभेँडाको मूल्य ७ प्रतिशतले घट्यो
सारांश
- कालीमाटी तरकारी बजारमा गोलभेँडाको मूल्य फेरि घटेको छ, जुन एक दिनमै ७ प्रतिशतसम्म पुगेको छ।
- भारतीय सानो गोलभेँडा ७.२७ प्रतिशतले घटेर प्रतिकिलो औसत ७१.४० रुपैयाँ कायम भएको छ।
- ठुलो गोलभेँडा र सानो तराई गोलभेँडाको मूल्यमा पनि गिरावट आएको छ, जबकि नेपाली र टनेल गोलभेँडाको मूल्य स्थिर छ।
काठमाडौँ । आज पनि गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्य विवरणअनुसार गाेलभेँडा १ दिनमै ७ प्रतिशतसम्म घटेको छ । हिजो (बुधबार) ९ प्रतिशतसम्म घटेको थियो ।
हिजोको तुलनामा बिहीबार (आज) कालीमाटी तरकारी बजारमा भारतीय सानो गोलभेँडा ७.२७ प्रतिशतले घटेर प्रतिकिलो औसत ७१.४० रुपैयाँ रहेको छ ।
हिजो गोलभेँडाकाे औसत मूल्य प्रतिकिलो ७७ रुपैयाँ थियो । यस्तै सानो लोकल गोलभेँडाको मूल्य पनि ७.८१ प्रतिशतले घटेको छ । हिजो ८० रुपैयाँ औसत मूल्य रहेको उक्त गोलभेँडा आज ७३.७५ रुपैयाँ औसत मूल्य कायम छ ।
भारतीय ठुलो गोलभेँडा ४.५५ प्रतिशत घटेको छ । हिजो प्रतिकिलो ११० औसत मूल्य रहेको उक्त गोलभेँडा आज १०५ रुपैयाँ कायम छ । सानो तराई गोलभेँडा १.४५ प्रतिशतले घटेर प्रतिकिलो ९५ रुपैयाँ औसत मूल्य रहेको छ ।
हिजो यो गोलभेँडा प्रतिकिलो ९६.४० रुपैयाँ औसत मूल्य रहेको थियो । नेपाली ठुलो गोलभेँडा र सानो टनेल गोलभेँडाको मूल्य स्थिर रहेको छ । नेपाली ठुलो गोलभेँडा प्रतिकिलो १०५ रुपैयाँ र सानो टनेल गोलभेँडा प्रतिकिलो ११० रुपैयाँ औसत मूल्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण