एमसीसीको धानखोला सडकको ठेक्कामा समस्या, ७९ करोड महँगो ठेकेदारसँग वार्ताको तयारी
काठमाडौँ । मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत धानखोला लमही सडकको ठेक्कामा गडबडी देखिएको छ । आयोजनाको कार्यान्वयन गर्ने संस्था मिलिनियम च्यालेञ्ज एकाउन्ट (एमसीए) ले कार्यान्वयनमा लैजान लागेको उक्त परियोजनामा समस्या देखिएको हो ।
एमसीएले उक्त परियोजना अन्तर्गतका लागि आह्वान गरेको आवेदनका लागि चार वटा कम्पनीले आवेदन दिएका थिए । उक्त आवेदनमध्ये दुई कम्पनीका बोलपत्र प्राविधिक रूपमा योग्य देखिएका थिए । योग्य देखिएका कम्पनीहरूमा शर्मा कुमार जेभी र कालिका कन्स्ट्रक्सन रहेका छन् ।
यसमध्ये शर्मा कुमार जेभीले उक्त सडकका लागि २०.०७ मिलियन डलरको लागतसहित टेन्डर हालेको थियो । त्यस्तै कालिका कन्स्ट्रक्सनले २५.६८ मिलियन डलरको लागत बोलकबोल गरेको थियो ।
सार्वजनिक खरिदसम्बन्धी कानुन अनुसार प्राविधिक बोलपत्रमा योग्य देखिएका बोलपत्रकर्ताले पेस गरेका आवेदनमध्ये कम मूल्य कबोल गरेका कम्पनीको प्रस्तावलाई सोझै स्वीकृत गर्नुपर्ने हो । तर एमसीए महँगो ठेक्का स्वीकृत गर्न सक्नेगरी योग्य बोलपत्रदातासँग वार्ता गर्ने जनाएको छ ।
प्राविधिक रूपमा योग्य देखिएका दुई बोलपत्रकर्ताले पेस गरेको आर्थिक प्रस्तावबिच ५.६१ मिलियन डलर अर्थात् झण्डै ७९ करोड रुपैयाँ बराबरको लागत फरक छ । महँगो ठेक्का स्वीकृत गर्ने हो भने आयोजनालाई सो बराबरको बढी नोक्सानी हुन्छ ।
यो भ्रष्टाचारको विषय भए पनि एमसीसी कम्प्याक्ट परियोजनामा भएको द्विपक्षीय सम्झौताको आडमा महँगो लागत रहेको बोलपत्रलाई स्वीकृत गर्ने चलखेल गरिएको स्रोतको भनाइ छ ।
चौडाइको विवादबिच थपियो अर्को लफडा
एमसीसी अन्तर्गतको यो सडक अहिले नै विवादमा छ । झण्डै ४० किलोमिटर लम्बाइको यो सडक पूर्व पश्चिम राजमार्गको अन्य सडकको भन्दा कम चौडा बनाउन लागिएको भन्दै स्थानीयवासीले विरोध गर्दै आएका छन् ।
लुम्बिनी प्रदेश राजधानी दाङ क्षेत्रसँग जोडिने उक्त सडक दुई लेन बनाउने गरी ठेक्का आह्वान गरिएको छ ।
पूर्व–पश्चिम राजमार्गको अन्य सडकखण्डमा ४ लेनको सडक निर्माण भइरहेको अवस्थामा यो सडकलाई दुई लेनको मात्रै बनाउन लागिएको भन्दै विरोध भइरहेको बेला ठेक्का प्रक्रियामा अर्को विवाद थपिएको हो ।
पूर्वपश्चिम राजमार्ग अहिले पनि दुई लेनको छ । साँघुरो भएका कारण यसलाई एशियाली हाइवे मापदण्डमा स्तरोन्नति भइरहेको छ । झापादेखि कपिलवस्तुको गोरुसिङ्गेसम्म चार लेनको बनाउने प्रक्रिया अहिले पनि चलिरहेको छ ।
प्रदेश राजधानीभित्रै पर्ने क्षेत्रमा दुई लेनको मात्रै सडक बनाउन खोजिएपछि देउखुरीका स्थानीयवासी, राजनीतिक दल र विभिन्न सङ्घसंस्थाले यसलाई फराकिलो बनाउन दबाब दिइरहेको बेला दुई लेनकै बोलपत्र स्वीकृत गर्ने चलखेल सुरु गरिएको स्रोतको भनाइ छ ।
यो सम्बन्धमा एमसीए नेपालका पदाधिकारीहरू केही बताउन चाहँदैनन् । बोलपत्र प्रक्रिया सार्वजनिक खरिद प्रक्रिया र कम्प्याक्टकै आधारमा भएको भन्दै यसबारे थप बोल्न नमिल्ने बोलपत्र मूल्याङ्कनमा सहभागी एक जना सदस्य बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण