प्रधानमन्त्रीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोग र राजनीतिक दलहरूसँग छलफल बोलाएकी छिन्।
- नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र पुष्पा भुसाल छलफलमा सहभागी हुनेछन्।
- छलफलमा प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनबारे छलफल हुनेछ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्रीय सदस्य पुष्पा भुसाल सहभागी हुने भएका छन् ।
शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने छलफलमा पार्टीका तर्फबाट महामन्त्री थापा र केन्द्रीय सदस्य भुसाल जाने निश्चित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसले निर्वाचन आयोग हेर्ने जिम्मेवारी भुसाललाई दिएको छ । निर्वाचन आयोगसहितको छलफल भएकाले भुसाललाई पठाउन लागिएको मुख्यसचिव पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री कार्कीले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन र माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनका बारेमा छलफल गर्न आयोग र दलका प्रतिनिधिलाई सँगै छलफलमा बोलाएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण