बादल भन्छन् : पार्टी र देशलाई मेरो भूमिका आवश्यक छ
शुक्रबार, १९ मङ्सिर २०८२, १४ : १०
सारांश
- एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले देश र पार्टीको लागि आफ्नो भूमिका आवश्यक रहेको बताए।
- उनले एमालेको नेतृत्वको निरन्तरतामा जोड दिँदै ११औँ महाधिवेशनमा आफ्नो भूमिका चाहेको बताए।
- थापाले एमालेको ११औँ महाधिवेशन एकताको महाधिवेशन हुनुपर्ने र ओलीको निरन्तरता आवश्यक रहेको बताए।
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले अहिलेको अवस्थामा देश र पार्टीका लागि आफ्नो भूमिका आवश्यक रहेको बताएका छन् । शुक्रबार प्रेस चौतारीले काठमाडौँमा गरेका साक्षात्कारमा उपाध्यक्ष बादलले एमालेको नेतृत्वको निरन्तरतालाई जोड दिँदै पार्टीमा आफ्नो भूमिका पनि अझै आवश्यक रहेको बताएका हुन् ।
‘मेरो सन्दर्भको कुरा गर्दा केन्द्रीय समितिको निष्कर्षबाट समेत हेर्दा पार्टी र देशलाई मेरो भूमिका आवश्यक छ’, नेता बादलले भने, ‘११ औँ महाधिवेशनमा नेकपा एमालेको नेतृत्वको निरन्तरतामा मेरो पनि स्थान होस् भन्ने चाहाना छ । यो कुरा केन्द्रीय समिति र सचिवालयमा पनि राखेको छु ।’
नेता थापाले एमालेको ११ औँ महाधिवेशन एकताको महाधिवेशन बनाउनुपर्ने र अध्यक्षमा ओलीकै निरन्तरता आवश्यक भएको प्रस्ट्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण