शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ललितपुर महानगरद्वारा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मानित

शुक्रबार, १९ मङ्सिर २०८२, १५ : ४९
शुक्रबार, १९ मङ्सिर २०८२

ललितपुर । २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस शुक्रबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । हरेक वर्ष डिसेम्बर ५ का दिन अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसर पारेर नेपालमा यो दिवस मनाउने गरिन्छ ।

दिवसका अवसरमा देशभरका विभिन्न स्थानीय तहहरूले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान कार्यक्रम आयोजना गरेका छन् । यसै क्रममा ललितपुर महानगरपालिकाले पनि महानगरभित्र रहेका वडाका उत्कृष्ट र अवकाश प्राप्त महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई पुरस्कृत तथा सम्मान गरेको छ ।

कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन ले सामुदायिक स्वास्थ्य स्वयंसेविकाको साथले नै महानगरको स्वास्थ्य क्षेत्र उत्कृष्ट भएको बताए । उनले जनताको स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन महानगरले स्रोत र साधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले परिवार नियोजनसम्बन्धी चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वाससम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन र स्वास्थ्य शिक्षा प्रदानजस्ता महत्त्वपूर्ण कामहरू गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप