सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

खजुरीको दुई वटा ब्याच नम्बरका ‘पफ’ बजारबाट फिर्ता गर्न विभागको निर्देशन

शुक्रबार, १९ मङ्सिर २०८२, १७ : १४
शुक्रबार, १९ मङ्सिर २०८२

सारांश

  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले 'खजुरीको नेपाल प्रालि'को पफ फिर्ता गर्न निर्देशन दिएको छ।
  • परीक्षणमा पफमा मानव स्वास्थ्यका लागि हानिकारक ट्रान्स फ्याटको मात्रा बढी भेटिएको थियो।
  • विभागले खाद्य स्वच्छता ऐनअनुसार उत्पादनलाई न्यून गुणस्तरको ठहर गरेको छ र फिर्ता गर्न भनेको छ।

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘खजुरीको नेपाल प्रालि’ द्वारा उत्पादित ब्याच नम्बर बी १- थ्री ए र ब्याच नम्बर बी १- फाइभ एका  ‘पफ’ न्युन गुणस्तरको पाइएको भन्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ । 

विभागले नियमित बजार अनुगमनका क्रममा सङ्कलन गरेको उक्त पफको नमुना प्रयोगशालामा परीक्षण गर्दा, त्यसमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘औद्योगिक ट्रान्स फ्याट’को मात्रा तोकिएको अधिकतम सीमाभन्दा बढी भेटिएको हो । 

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार खाद्य पदार्थमा ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा बढी हुन नहुने अनिवार्य व्यवस्था छ ।

तर, परीक्षणका क्रममा उक्त सीमा नाघेको पाइएपछि विभागले सो उत्पादनलाई ‘न्यूनस्तरको खाद्य पदार्थ’ ठहर गरेको छ ।

विभागका प्रवक्ता डा. बाल कुमारी शर्माले विभागले ऐनको दफा ३८ (२) र (४) को प्रावधानमा टेकेर उक्त ब्याचका उत्पादनहरू तत्काल बजारबाट फिर्ता गर्न तथा थप बिक्री वितरण नगर्न र नगराउन सचेत गराएको बताइन्।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप