राजनीतिक दललाई स्थापित गर्न नै चुनाव चाहिएको हो : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई स्थापित गर्न नै चुनाव चाहिएको बुझ्नुपर्ने बताएकी छन् । शुक्रबार बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । साथै उनले आफूहरू दलहरूको विरोधी नभएको समेत बताइन् ।
'दलभित्र पनि युवाले स्थान पाउनुपर्छ भन्यौँ होला । तर कसलाई जिताउने र कसलाई हराउने भन्ने जनताको निर्णयको कुरा हुन्छ । म त झन् कुनै पार्टीको टिकट काटेको मान्छे होइन। जुन दल आए पनि हामी स्वागत गर्छौँ। खुसीखुसी आयोगले प्रमाणपत्र दिन्छ,' उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले आफूहरूकाे कुनै निजी स्वार्थ र आकांक्षा नरहेकाे समेत बताइन् ।
'केही अतिरिक्त प्राप्तिका लागि हामी कुनै काम गरिरहेका छैनौँ। एउटा विषम परिस्थितिमा हाम्रो माग भयो, देशले पत्यायो, हामी आयौँ। देशले सुम्पेको यो अभिभारा पूरा गर्नेबाहेक अर्को कुनै उद्देश्य हामीसँग छैन । तपाईँहरू चुनावका लागि एक ठाउँमा उभिदिनुहोस्, उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण