१४ अर्ब क्षति सहेर पनि देशको चिन्ता गरिरहेका मीनबहादुर
काठमाडौं । ‘हे भगवान मेरो देश नेपालमा अब यस्तो कहिल्यै नहोस् ।’ बिहीबार भाटभटेनी सुपरमार्केट अन्तर्गतको गोदाम पुनर्निर्माणपछिको उद्घाटन समारोहमा सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले गरेको प्रार्थना हो यो ।
भदौ २३ र २४ गतेको आन्दोलन तथा तोडफोडको क्रममा पूर्णतया क्षतिग्रस्त भएको उक्त गोदाम बिहीबारदेखि सञ्चालनमा आएको छ । पुनर्निर्माण थालेको करिब ७० दिनको कडा मिहिनेतपछि गोदाम सञ्चालन सफल भएको सुपरमार्केटले जनाएको छ । गोदामको उद्घाटन मीनबहादुरकी श्रीमती सावित्री घले गुरुङले गरेकी थिइन् ।
दैनिक १६ घण्टासम्म काम गरेर गोदाम सञ्चालनमा ल्याएको हो । आन्दोलनको क्रममा भाटभटेनीका २८ वटा मध्ये २१ वटामा क्षति भएको थियो । यो क्रममा झण्डै १४ अर्बको नोक्सान भएको थियो । त्यसअघि दुर्गा प्रसाइँ समूहको अराजक आन्दोलनको सिकार समेत भाटभटेनी भएको थियो । यति ठुलो नोक्सानका बाबजुद पनि गुरुङ भने व्यवसाय भन्दा देशको बढी चिन्ता गरिरहेको सुनिए ।

सामान्य परिवारबाट उठेका गुरुङले अहिले भाटभटेनीमार्फत् वार्षिक ३२ अर्बको कारोबार गरिरहेका छन् । यही महिना उनले सबैभन्दा धेरै कर तिर्ने व्यवसायीको रुपमा सम्मान समेत पाए । उनले आफू पहिलो पुस्ताको व्यवसायी भएकोले धेरै हन्डर र ठक्कर खानु परेको बताउने गरेका उनी यसलाई ‘स्वीट पेन’को रुपमा लिएको र कहिल्यै नथाकि अघि बढ्ने प्रतिवद्धता व्यक्त समेत गरे ।
भाटभटेनीका २८ मध्ये २१ वटा स्टोर भने दशैं अघि नै सञ्चालनमा आइसकेको थियो । बाँकी स्टोर समेत धमाधम पुनर्निर्माणमा भइरहेको भाटभटेनीले जनाएको छ । यसअघि भाटभटेनीले चार महिनाभित्र काठमाडौंभित्रका र ११ महिनाभित्र देशभरका स्टोर सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ ।
क्षतिका बाबजुद भाटभटेनीले कार्यरत सबै कर्मचारीको रोजगारी र नियमित तलब भत्ता भुक्तानी सुनिश्चित गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण