बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

इजरायली आक्रमण रोक्न सरकारी कूटनीतिलाई समर्थन: हिजबुल्लाह प्रमुख

शुक्रबार, १९ मङ्सिर २०८२, २२ : ४६
शुक्रबार, १९ मङ्सिर २०८२

सारांश

  • हिजबुल्लाह प्रमुखले इजरायली आक्रमण रोक्न लेबनानी कूटनीतिलाई समर्थन गर्ने बताए।
  • उनले इजरायलसँगको वार्तामा नागरिक प्रतिनिधि समावेशको आलोचना गरे।
  • लेबनानी र इजरायली अधिकारीहरूबीचको वार्तालाई लिएर पनि उनले असन्तुष्टि जनाए।

बेरुत, लेबनान। इजरायली आक्रमण अन्त्य गर्न हिजबुल्लाह समूहले लेबनानी राज्यको कूटनीतिलाई समर्थन गर्ने हिजबुल्लाहका प्रमुख नाइम कासेमले शुक्रबार बताएका छन् । 

उनले इजरायलसँग हालैको वार्तामा एक नागरिक प्रतिनिधिको समावेश गरिएको भन्दै यसको आलोचना गरेका छन् । 

कासेमले एक टेलिभिजन सम्बोधनमा भने, “राज्यले इजरायली हस्तक्षेप अन्त्य गर्न र सन् २०२४ नोभेम्बरको युद्धविराम सम्झौता कार्यान्वयन गर्न कूटनीति’ रोजेको छ र हामी यस दिशामा कटिबद्ध छौँ ।”

बुधबार एक वर्ष पुरानो युद्धविराम अनुगमन संयन्त्रको संरक्षणमा लेबनानी र इजरायली नागरिक प्रतिनिधिहरूले दशकौँपछि पहिलो प्रत्यक्ष वार्ता गरेका थिए । लेबनानका राष्ट्रपतिले लेबनानमा अर्को युद्धको सम्भावनाबाट बच्नका लागि इजरायलसँग वार्ता गरिएको बताएका छन् । 

कासेमले यस कदमको आलोचना गर्दै अधिकारीहरूलाई पुनर्विचार गर्न आग्रह गरे । 

“हामी यो कदमलाई सरकारले अगस्टमा हिजबुल्लाहलाई निःशस्त्र पार्ने जिम्मा सेनालाई दिने निर्णयको ‘पापमाथि अर्को गल्ती’ मान्छौँ,” उनले भने। 

“के तपाईँले अनावश्यक सम्झौता गर्नुभएको छ ? यो सम्झौताले शत्रुको स्थिति, न त उसको आक्रमण वा कब्जा परिवर्तन गर्नेछ,” कासेमले इजरायल र संयुक्त राज्य अमेरिकामाथि लेबनानी अधिकारीहरूलाई ‘गोलीको आवाजमा’ वार्ता गर्न चाहेको भन्ने आरोप लगाए । 

“उनीहरू हाम्रो अस्तित्व समाप्त गर्न चाहन्छन्”, कासेमले भने, “तर हामी आफ्नो रक्षा गर्नेछौँ, हाम्रा जनता, हाम्रो देशको रक्षा गर्नेछौँ । हामी सबै कुरा बलिदान गर्न तयार छौँ, र हामी आत्मसमर्पण गर्ने छैनौँ।”

उनले इजरायललाई एक वर्ष पुरानो युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाए । यसले इजरायल र उसको इरान–समर्थित समूहबिच एक वर्षभन्दा बढीको शत्रुता अन्त्य गर्ने प्रयास गरेको थियो। उक्त समूह आफ्नो शस्त्रागार ध्वस्त भएपछि र पूर्व प्रमुख हसन नसरल्लाहलगायत वरिष्ठ कमान्डरहरू मारिएपछि निकै कमजोर बनेको थियो।

कासेमले भने, “हाम्रो समूहले लेबनानी अधिकारीहरूसँग सहकार्य गरिरहेको छ र हामीले हाम्रा घरेलु मामिलाहरू कसरी व्यवस्थापन गर्छौँ भन्नेमा अमेरिका तथा इजरायलको बोल्ने कुनै हक छैन ।”

उनले लेबनानमाथि उनीहरूले सर्तहरू थोपार्नु ‘अस्वीकार्य’ भएको बताए । 

लेबनानी प्रधानमन्त्री नवाफ सलामले नयाँ वार्ता गत वर्षको युद्धविरामको पूर्ण कार्यान्वयनमा मात्र सीमित रहेको र यसलाई व्यापक शान्ति वार्ता मान्न नहुने बताएका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप