बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

मिराजको ‘गरिखान देऊ’ अभियानले टाँस्यो बालुवाटारमा पर्चा, प्रधानमन्त्रीको राजीनामा माग

शनिबार, २० मङ्सिर २०८२, १६ : ४८
शनिबार, २० मङ्सिर २०८२

काठमाडौँ। मिराज ढुंगानाको नेतृत्वमा रहेको 'गरिखान देऊ' अभियानका एक सदस्य प्रकाश शर्माले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेका छन्।

Gen Z Protest_Baluwatar_ (1)

अभियानले जेनजीको बलबाट प्रधानमन्त्री बनेको अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले जेनजीकै मागहरूलाई बेवास्ता गरी चुनावको मात्र रटान लगाएको आरोप लगाएको छ।

Gen Z Protest_Baluwatar_ (3)

विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई मागपत्र बुझाउन जाँदा सिंहदरबार प्रवेश गर्न नपाएको यस अभियानले सिंहदरबार र बालुवाटारमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै पटकपटक प्रदर्शन गर्दै आएको छ।

'गरिखान देऊ' अभियानका मुख्य मागहरू:

अभियानले प्रधानमन्त्री समक्ष राखेका संक्षिप्त मागहरूमा मुख्य गरी निम्न विषयहरू समावेश छन्:

  • हालसम्मका सबै भ्रष्टाचार छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गरिनुपर्ने।
  • स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गरिनुपर्ने।
  • विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गरिनुपर्ने।
  • जेन जी विद्रोहलाई तत्काल राजनीतिक आन्दोलन घोषणा गरिनुपर्ने।
  • सहिद परिवार र घाइतेको उचित व्यवस्थापन गरिनुपर्ने।
  • भदौ २३ र २४ को घटना (शान्तिपूर्ण आन्दोलनमा भएको दमन र घटना) को निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गरिनुपर्ने।
  • 'जेन-जी' आन्दोलन लगायतका राजनीतिक प्रतिशोधका आधारमा चलाएका मुद्दाहरू फिर्ता गरी विधिको शासन कायम गरिनुपर्ने।
  • प्रादेशिक खर्चले देशलाई आर्थिक रूपमा पछाडि धकेलेको भन्दै प्रदेश सरकारको अनावश्यक खर्च व्यापक रूपमा घटाउन प्रदेश सरकारको पुनर्संरचना गरिनुपर्ने।
  • माथिका कुराहरू संविधान पुनरावलोकन र सुधार नगरी नहुने भएकाले तत्काल जनभावना बुझी संविधान सुधार गरी मात्र अर्थपूर्ण चुनावतर्फ लाग्नुपर्ने।

Gen Z Protest_Baluwatar_ (2)Gen Z Protest_Baluwatar_ (4)Gen Z Protest_Baluwatar_ (6)Gen Z Protest_Baluwatar_

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप