ललितपुरसहित चार जिल्लामा चार जना मृत फेला
सारांश
- शुक्रबार र शनिबार गरी देशका विभिन्न स्थानमा चार जना मानिस मृत अवस्थामा फेला परे।
- ललितपुर, महोत्तरी, मोरङ र चितवनमा मानिसहरू मृत फेला परेका छन्, जसमध्ये केहीको पहिचान खुलेको छैन।
- प्रहरीले घटनाहरूको कारण पत्ता लगाउन र थप अनुसन्धानका लागि प्रक्रिया अगाडि बढाएको छ।
काठमाडौँ। मुलुकका विभिन्न क्षेत्रमा शुक्रबार र शनिबार गरी चार जना मानिस मृत अवस्थामा फेला परेका छन्।
ललितपुर महानगरपालिका-३ सुन्दरीघाटमा एउटा भत्केको घरभित्र शुक्रबार अन्दाजी ३४ वर्षीय एक पुरुष मृत फेला परेका छन्। मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन।
त्यसैगरी, महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका-८ बेलगाछी जङ्गलभित्र सोही नगरपालिका-८ हात्तिलेटका ५३ वर्षीय महेन्द्र कापर शनिबार मृत भेटिएका छन्।
मोरङ जिल्लाको जहदा गाउँपालिका-५ सोहलस्थित पोखरीमा सोही गाउँपालिका-४ की ६० वर्षीया डोम्ना महतो शनिबार मृत फेला परेकी छिन्।
यता, चितवन जिल्लाको भरतपुर महानगरपालिका-१५ देवीचोकमा मकवानपुर घर भएका ७३ वर्षीय कृष्ण बहादुर परियार आफ्नै घरमा मृत अवस्थामा फेक्रिएका छन्।
प्रहरीले यी सबै घटनाहरूको मृत्युको कारण पत्ता लगाउन र थप अनुसन्धान गर्न प्रक्रिया अगाडि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण