रोसिङ्टोनको उत्कृष्ट प्रदर्शन, सिजनको दोस्रो अर्धशतक पूरा
शनिबार, २० मङ्सिर २०८२, १८ : ०१
काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत पोखरा एभेन्जर्सका एडम रोसिङ्टोनले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका छन्।
त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले दिएको १२१ रनको लक्ष्य पछ्याउने क्रममा उनले पोखराका लागि ३७ बलमा ५० रन बनाएका हुन्। रोसिङ्टोनले आफ्नो अर्धशतक पूरा गर्न ३ चौका र ४ छक्का प्रहार गरे।
रोसिङ्टोनको यो सिजनको दोस्रो अर्धशतक हो। उनले यसअघि प्रतियोगितामा एक अर्धशतक र एक शतक समेत प्रहार गरिसकेका छन्। उनको यो विस्फोटक पारीले पोखरालाई जिततर्फ अग्रसर गराएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण