पूर्व राष्ट्रपतिद्वारा दृष्टि अस्पतालको नवनिर्मित भवन उद्घाटन
वीरगञ्ज । पूर्व राष्ट्रपति डा. रामवरण यादवले शनिबार वीरगञ्जमा रहेको दृष्टि आँखा तथा नाक, कान, घाँटी अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । अत्याधुनिक प्रविधि र उपकरण जडान गरिएको यस नयाँ भवनले सेवाग्राहीलाई थप गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने अस्पतालले जनाएको छ ।
अस्पताल भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. यादवले दृष्टि आँखा तथा नाक, कान, घाँटी अस्पतालले स्थापनादेखि नै आधुनिक प्रविधिको प्रयोगबाट गुणस्तरीय सेवा सुलभ रुपमा प्रदान गर्न सफल भएकोमा प्रशंसा गरे । उनले आगामी दिनमा तराई मधेशका नागरिकलाई अझ गुणस्तरीय स्वास्थ्य सेवा दिन अस्पताल सक्षम हुने विश्वास व्यक्त गरे ।
स्वास्थ्य क्षेत्रमा रहेका 'ठग' हरूप्रति सचेत गराउँदै उनले दृष्टि आँखा अस्पताललाई पवित्र मानव सेवा भावले योगदान पुर्याउन पनि आग्रह गरे । यादवले आँखा उपचारमा दक्षिण एसियामै नेपालका सरकारी र निजी क्षेत्रले गुणस्तरीय सेवा प्रदान गरेर ख्याति आर्जन गरेकोमा सन्तोष व्यक्त गरे ।
कार्यक्रममा दृष्टि आई केयर सिस्टमका संस्थापक तथा सीईओ डा. भाइराजा श्रेष्ठले 'सबैको लागि दृष्टि, सधैंको लागि दृष्टि' भन्ने मूल सेवा भावका साथ विगत डेढ दशकको अनुभवबाट आगामी दिनमा थप गुणस्तरीय, भरपर्दो, सुलभ र सहज स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले दृष्टिले आधुनिक प्रविधिको उपयोगमार्फत उपचारमा रुपान्तरण ल्याएको बताउँदै आगामी दिनमा उच्च प्रविधियुक्त र डिजिटल प्रणालीको उपयोग गरी सेवालाई थप प्रभावकारी बनाउने अठोट व्यक्त गरे ।
वीरगञ्ज दृष्टि आँखा तथा नाक, कान, घाँटी अस्पतालका अध्यक्ष विश्वराज गौतमले सेवाग्राहीको विश्वास, स्थानीय समुदायको सहयोग, सेयर सदस्यहरूको सेवा भावका साथै अस्पतालका प्रतिबद्ध चिकित्सक र कर्मचारीको योगदानले दृष्टिले सफलता हासिल गरेको बताए ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. हरि शर्माका अनुसार यस अस्पतालले एक दशकदेखि बिनाइन्जेक्सन मोतिविन्दुको अपरेसन, अपरेसनपछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बालबालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलविन्दु उपचार, नाक, कान, घाँटीको उपचार लगायतका सेवा प्रदान गर्दै आएको छ ।
अस्पतालले स्मार्ट फोनको बढ्दो प्रयोग र लामो समय स्क्रिनको प्रयोग गर्ने बानीले आँखामा पार्ने नकारात्मक असर तथा आँखाको सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालनमा समेत योगदान दिँदै आएको छ ।
भवन उद्घाटन तथा अस्पतालको ११औं वार्षिकोत्सवको अवसरमा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. राधाकृष्ण कोइराला र वरिष्ठ आँखा तथा नाक, कान, घाँटी रोगका विशेषज्ञ डा. वीरसिंह थापालाई अस्पतालले सम्मान गरेको छ । अस्पतालको झापाको बिर्तामोड, वीरगञ्जका साथै काठमाडौंका कलंकी, चाबहिल, बानेश्वर, जमल र ओम अस्पताल लगायत ११ वटा शाखा सञ्चालनमा रहेको अस्पतालले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण