जेनजी आन्दोलनमा भएको आगजनी र लुटपाट इतिहासकै दुःखद घटना : पूर्वराष्ट्रपति भण्डारी
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २४ गतेको आगजनी, लुटपाट र तोडफोडलाई दुःखद घटना भनिन्।
- उनले सिंहदरबारको अवस्था अवलोकन गर्दै सरकारले भवन पुनः निर्माण गर्ने विश्वास व्यक्त गरिन्।
- भण्डारीले यस्ता घटना नेपालको इतिहासमा कहिल्यै नभएको र भविष्यमा नहोस् भन्ने धारणा राखिन्।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोड इतिहासकै दुःखद घटना भएको बताएकी छन् । आइतबार सिंहदरबारको वस्तुस्थिति अवलोकन गरेपश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले गत भदौ २४ गते सरकारी भवनहरूमा तोडफोड, आगजनी र लुटपाट हुनु दुःखको कुरा भएको बताइन् । सिंहदरबारको स्थिति हेर्दा दुःख लागेको पनि उनले बताइन् । उनले सरकारले चाँडै उक्त भवनहरूको पुनः निर्माण गरी पुरानै अवस्थामा ल्याउने विश्वास आफ्नो रहेको पनि बताइन् ।
उनले भनिन्, ‘भदौ २४ गते जुन घटना भयो, सरकारी भवनहरू तोडफोड, आगजनी, लुटपाटका घटना भए । यहाँको परिस्थिति कस्तो छ भनेर आएको हो । यहाँको अवस्था हेर्दा धेरै दुःख लाग्यो । नेपाल सरकारले चाँडै यिनीहरूको पुनःनिर्माण गरेर पुरानो अवस्थामा ल्याउनेछ भन्ने आशा गरेको छु । तोडफोड, आगजनी, लुटपाट नेपाली जनताका लागि दुःखद घटना हो । नेपालको इतिहासमा कहिल्यै नभएको दुःखद घटना हो । भविष्यमा पनि यस्तो कुनै घटना नहोस् ।’
उनले तोडफोड, आगजनी, लुटपाट नेपाली जनताका लागि दुःखद घटना भएको बताउँदै यस्तो घटना नेपालको इतिहासमा कहिल्यै नभएको र भविष्यमा पनि हुन नहुने बताइन् । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण