एनपीएल
कर्णालीद्वारा जनकपुरलाई १३० रनको लक्ष्य
आइतबार, २१ मङ्सिर २०८२, १७ : ०३
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई कर्णाली याक्सले जितका लागि १३० रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो ।
कर्णालीका लागि इमरान शेखले सर्वाधिक ३३ रनको योगदान गरे । त्यस्तै, गुलशन झाले १९ रनको योगदान गर्दा प्रियांक पञ्चलले १६ रन विलियम बसिस्टोले १५ रनको योगदान गरे ।
जनकपुरका लागि ललितनारायण राजवंशी र आदित्य मेहताले दुई–दुई विकेट लिए । त्यस्तै, संगित कोरे, अनिल शाह र माज शदागदले एक एक विकेट लिए ।
आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छन् । दुबै टोलीले प्रतियोगितामा हालसम्म एक एक मात्र जित निकालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण