शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एकैपटक ५ पूर्वमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा

आइतबार, २१ मङ्सिर २०८२, १७ : ४१
आइतबार, २१ मङ्सिर २०८२

सारांश

  • अख्तियारले पोखरा विमानस्थल निर्माणमा अनियमितता गरेको आरोपमा ५ पूर्वमन्त्रीविरुद्ध मुद्दा दायर गरेको छ।
  • तत्कालीन संस्कृति, पर्यटन र अर्थमन्त्रीहरू रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र अमात्य र डा. रामशरण महत प्रतिवादी छन्।
  • विमानस्थल निर्माणको ठेक्कामा लागत बढाएर ८ अर्ब ३६ करोड बढीको बिगो दाबी गरिएको छ, जसमा ५५ जना संलग्न छन्।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा एकैपटक ५ जना पूर्वमन्त्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आइतबार दायर गरेको आरोपपत्रमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीहरू रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र अमात्य र तत्कालीन अर्थमन्त्री डा. रामशरण महत लाई प्रतिवादी बनाइएको छ ।

यस्तै, तत्कालीन पर्यटन मन्त्री स्व. पोष्टबहादुर बोगटीको मृत्यु भइसकेकोले बिगो असुल उपर गर्ने प्रयोजनका लागि उनकी श्रीमती राममाया बोगटीलाई प्रतिवादी कायम गरिएको छ ।

विमानस्थल निर्माणको ठेक्का प्रक्रियामा अस्वाभाविक रूपमा लागत बढाएर राज्यलाई हानी पुर्‍याएको अभियोगमा उनीहरूविरुद्ध ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

अख्तियारले मन्त्रीहरूसँगै तत्कालीन सचिवहरू (सुशिल घिमिरे, सुरेशमान श्रेष्ठ, रन्जनकृष्ण अर्याल लगायत), नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशकहरू र चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधिसहित कुल ५५ जना विरुद्ध मुद्दा चलाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप