पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अनियमितता प्रकरण : सर्वोच्चका पूर्वरजिष्ट्रार तिमल्सेनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा
आइतबार, २१ मङ्सिर २०८२, १८ : ४१
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार डा रामकृष्ण तिवारीलाई पनि प्रतिवादी बनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २ सय ९७ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विमानस्थल निर्माणसम्बन्धी सुरु लागत अनुमान १ सय ४५ मिलियन अमेरिकी डलरबाट बढाएर २ सय १५ मिलियन अमेरिकी डलर पुर्याइएकोमा यसरी बढाइएको लागत अनुमानसम्बन्धी अध्ययन कार्यदलको उनी संयोजक थिए ।
उनी पछिल्लो पटक २०७८ सालमा मात्र समावेशी आयोगको अध्यक्षसमेत भएका थिए ।
सूचनाको हकमा विद्यावारिधि गरेका र कानुनी पृष्ठभूमिका तिमल्सेनाले राज्यलाई हानी–नोक्सानी हुने गरी बदनियतपूर्ण रूपमा लागत बढाइएकोमा प्रतिवादी बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण