अन्तिम खेलमा कर्णाली विजयी, साविक विजेता जनकपुरको मात्र एक जित
काठमाडौँ । कर्णाली याक्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा जित निकालेको छ ।
आइतबार भएको खेलमा कर्णालीले साविकको विजेता जनकपुर बोल्ट्समाथि ३ रनको जित निकालेको हो । त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रन बनायो ।
जनकपुरका लागि सञ्जय कृष्णमुर्तीले ५१ रनको अर्धशतकीय पारी खेले । उनले ४९ बलमा ५१ रन बनाए । संगित कोरेले २५ रन बनाउँदा माज शदागदले १२ रन जोडे ।
कर्णालीका लागि विलियम बोसिस्टोले दुई विकेट लिँदा पवन शरार्फ, मार्क वाट, नन्दन यादव र सोमपाल कामीले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनाएको थियो ।
कर्णालीका लागि इमरान शेखले सर्वाधिक ३३ रनको योगदान गरे । त्यस्तै गुलशन झाले १९ रनको योगदान गर्दा प्रियांक पञ्चलले १६ रन विलियम बसिस्टोले १५ रनको योगदान गरे ।
जनकपुरका लागि ललित नारायण राजवंशी र आदित्य मेहताले दुई–दुई विकेट लिए । त्यस्तै संगित कोरे, अनिल शाह र माज शदागदले एक एक विकेट लिए ।
कर्णालीले आजको खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण