काटिएका डाँडा र कर छुटको विषयमा थप अनुसन्धान गर्ने अख्तियारको निर्णय
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे थप अनुसन्धान गर्ने भएको छ।
- विमानस्थल निर्माणमा भएको अनियमितता सम्बन्धी मुद्दामा ५५ व्यक्ति र एक चिनियाँ कम्पनीसहित ५६ जना प्रतिवादी छन्।
- अख्तियारले विमानस्थल निर्माणमा कर छुट र ठेकेदारलाई गैरकानुनी भुक्तानी दिएको विषयमा पनि छानबिन गर्नेछ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार सम्बन्धमा थप अनुसन्धान गर्ने भएको छ ।
आयोगले ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ लागत अनुमान बढाएर भ्रष्टाचार गरेको भन्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ, जसमा ५५ व्यक्ति र एक चिनियाँ कम्पनीसहित ५६ जनालाई प्रतिवादी बनाइएको छ ।
अख्तियारले दायर गरेको मुद्दाको चार्जसिटमा उल्लेख भएअनुसार विशेष अदालत काठमाडौँबाट मुद्दा नं ०७४–सीआर–०१६७ मा भएको फैसलालाई आधार मान्दै फरक–फरक प्रकृतिका र अवधिका वारदातहरू तथा फरक–फरक निर्णयकर्ताहरू भएकाले ती विषयमा छुट्टै अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान गर्ने निर्णय गरेको छ ।
विशेष अदालतले फरक प्रकृतिका, फरक मितिका, फरक विषयवस्तुका र फरक संलग्न व्यक्ति भएका मुद्दाहरूमा भिन्नाभिन्नै आरोपदाबी ल्याउन आयोगको ध्यानाकर्षण गराएको थियो ।
आयोगले विमानस्थल निर्माण गर्दा मूल सम्झौताको प्रावधानविपरीत कर छुट दिएर भ्रष्टाचार भएको भन्ने विषयमा पनि छुट्टै अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान गर्ने जनाएको छ । यो प्रकरणमा थप तीन वटा विषयमा अनुसन्धान अघि बढाइनेछ ।
त्यस्तै विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन सबै सुविधा र पूर्वाधारहरू निर्माण गर्ने दायित्व ठेकेदारको हुने व्यवस्था रहेकोमा छिने डाँडा र रिठ्ठेपानी डाँडा कटानका लागि सम्झौताविपरीत प्राधिकरणले ३२ करोड २ लाखमा छुट्टै निर्माण व्यवसायीलाई भुक्तानी दिई अनियमित र भ्रष्टाचार गरेको भन्नेसमेत विषयमा छुट्टै अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान गर्ने भनिएको छ ।
साथै नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङबिच भएको सम्झौताको आइटम नम्बर १.२ मा समावेश २८ लाख अमेरिकी डलरबाट परामर्शदाता नियुक्त नगरी प्राधिकरणको छुट्टै बजेटबाट खर्च गर्ने गरी परामर्शदाता नियुक्त गर्दा अनियमितता र भ्रष्टाचार गरेको भन्नेसमेत विषयमा छुट्टै अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान गर्ने पनि भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
-
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
-
नेपाल–पाकिस्तानबिच पर्वतारोहण सहकार्य विस्तारमा जोड
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण