ओली र लेखकलाई पक्राउ नगरे देशभर विरोध प्रदर्शन गर्ने सुदन गुरुङको चेतावनी
आइतबार, २१ मङ्सिर २०८२, २० : ००
काठमाडौँ । हामी नेपालका संस्थापक सुदन गुरुङले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ नगरिए देशभर विरोध प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले गत भदाै २३ गते भएकाे जेनजी आन्दाेलनकाे विषयलाई लिएर यस्तो चेतावनी दिएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,'अब हामी गृहमन्त्रीमा हिम्मत छ वा छैन भनेर हेर्न पर्खिरहेका छौँ, जसरी उनले सधैँ भन्दै आएका छन् कि छानबिन आयोगको लागि पर्खनुहोस् अब समय आएको छ। हेरौँला अब पनि आफ्नो बोली राखेनन् भने देशभर विरोध प्रदर्शन हुनेछ र त्यसको जिम्मा स्वयं गृहमन्त्री आफैँले लिनुपर्ने छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण