बंगलादेशमा सन् २०२४ को विद्रोहमा सामूहिक हत्या गरी गाडिएका चिहान उत्खनन सुरु
बंगलादेशदेश । बंगलादेशी प्रहरीले गत वर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको सहमतिविना गाडिएका करिब ११४ अज्ञात शवहरू रहेको विश्वास गरिएको सामूहिक चिहान आइतबारदेखि उत्खनन सुरु गरेको छ।
विद्यार्थी आन्दोलनबाट सुरु भएको जनविद्रोहले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेको थियो ।
संयुक्त राष्ट्रसंघको सहयोगमा दशकौँदेखि विश्वव्यापी सामूहिक चिहानहरूमा उत्खनन गरी मृतकको पहिचान गर्ने मिसनको नेतृत्व गरेका अर्जेन्टिनी फरेन्सिक मानवशास्त्री लुइस फोन्डेब्रिडरको अगुवाईमा चिहानको उत्खनन हुने बताइएको छ।
ती शवहरूलाई ढाकाको रेयरबजार कब्रिस्तानमा स्वयंसेवी समूह अन्जुमन मुफिदुल इस्लामले सन् २०२४ जुलाईमा ८० र अगस्टमा अन्य ३४ लावारिस शवहरू व्यवस्थापन गरेको थियो। राष्ट्रसंघले हसिनाले सत्तामा रहिरहने प्रयासमा गरेको व्यापक दमन र त्यसपछिका हिंसात्मक झडपका क्रममा कम्तीमा एक हजार ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको थियो ।
गत महिना मानवताविरुद्ध अपराधको लागि बंगलादेशदेशको एक अदालतले उनलाई दोषी ठहर्याएको थियो ।
अपराध अनुसन्धान विभाग (सीआईडी) का प्रमुख मोहम्मद सिबगाट उल्लाहले अनुसन्धानकर्ताहरूले सामूहिक चिहानमा लगभग ११४ लावारिश शवहरू रहेको विश्वास गरेको बताए । 'चिहान खनेर शव निकालिएपछि मात्र हामी शवको पहिचानबारे पुष्टि गर्न सक्छौँ,' उल्लाहले भने ।
बाहिर निकालेका शवको पोस्टमार्टम र डीएनए परीक्षण गरिनेछ । यो प्रक्रिया पूरा हुन केही हप्ता लाग्ने अपेक्षा गरिएको छ ।
ढाकाका चार मेडिकल कलेजका फरेन्सिक विशेषज्ञहरू टोलीमा सामेल छन् भने फोन्डेब्रिडरलाई संयुक्त राष्ट्रसंघ अधिकार निकाय ओएचसीएचआरसँगको सम्झौताको एक भागका रूपमा सहयोग प्रदान गर्न ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण