गाजामा अमेरिकाद्वारा प्रायोजित युद्धविराम योजनाको दोस्रो चरण चाँडै सुरु हुन्छ : नेतान्याहु
काठमाडाैँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार गाजामा अमेरिकाद्वारा प्रायोजित युद्धविराम योजनाको दोस्रो चरण चाँडै सुरु हुने घोषणा गरेका छन् ।
उनले गाजामा पहिलो चरणको युद्धविरामको मूल्याङ्कन र अन्य समसामयिक विषयमा यसै महिना राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरी छलफल गर्ने नेतन्याहुको कार्यालयले जानकारी गराएको छ।
अक्टोबर १० देखि लागू भएको युद्धविरामले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा हमासको घातक आक्रमणपछि सुरु भएको युद्ध रोकिएको छ।
युद्धविरामका सर्तमा प्यालेस्टिनी लडाकुहरूले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणमा कब्जा गरिएका बाँकी ४७ जीवित र मृत बन्दीहरूलाई रिहा गर्ने उल्लेख गरिएको थियो ।
एक इजरायली प्रहरी अधिकारीको शवबाहेक बन्धकहरूलाई अहिलेसम्म रिहा गरिएको छ।
गाजा युद्धविराम योजनाको दोस्रो चरण हमासलाई निशस्त्र गर्ने, सङ्क्रमणकालीन प्राधिकरण स्थापना गर्ने र अन्तर्राष्ट्रिय स्थायित्वका लागि सुरक्षा संरचनाको गठन गर्ने र गाजामा तैनाथ गर्ने सम्झौतामा प्रस्ताव गरिएको छ। प्रस्तावलाई हमासले स्वीकार गरेको छैन ।
जेरुसेलममा जर्मन चान्सलर फ्रेडरिक मर्जसँगको भेटपछि बोल्दै नेतान्याहूले भन्नुभयो, “हामी चाँडै नै दोस्रो चरणमा प्रवेश गर्ने अपेक्षा गरेका छौँ, पक्कै पनि यो चरण अझ कठिन हुनेछ ।
नेतान्याहुले यस क्षेत्रमा ‘शान्तिका अवसरहरू’ बारे छलफल गर्न डिसेम्बरको अन्त्यमा ट्रम्पसँग भेट गर्ने पनि बताउनुभएको छ।
अमेरिकी प्रधानमन्त्री डोनाल्ड ट्रम्पले नेतान्याहूलाई ह्वाइट हाउसमा आमन्त्रण गरेको र वासिङ्टनमा भेटवार्ता गर्ने अपेक्षा गरिएको प्रधानमन्त्री नेतन्याहुको कार्यालयले सोमबार जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण