बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

जसपाद्वारा देशैभरिका जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन

आइतबार, २१ मङ्सिर २०८२, २२ : ३४
आइतबार, २१ मङ्सिर २०८२

काठमाडौँ  जनता समाजवादी पार्टी (जसपा) नेपालले देशभरिकै जिल्ला प्रशासन कार्यालय अगाडि आज शान्तिपूर्ण धर्ना तथा विरोध प्रदर्शन गरेको छ । उक्त पार्टीले संविधान संशोधन तथा पुनर्लेखन गरी राष्ट्रिय समास्याको समाधान गरी मुलुकलाई निकास दिनुपर्ने र जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गर्न निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्नेलगायत २८ बुँदे माग राख्दै विरोध प्रदर्शन गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

यसअघि, जसपाले २८ बुँदे माग सार्वजनिक गर्दै शीघ्र कार्यान्वयनको मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको छ । यही मङ्सिर १० गतेदेखि जसपा नेपालले माग सम्बोधनका लागि देशव्यापी रुपमा शान्तिपूर्ण आन्दोलनस्वरुप धर्ना, विरोध प्रदर्शन, कोणसभा गर्दै आएको छ ।

विज्ञप्ति भनिएको छ, ‘जेनजी युवा पुस्ताले आन्दोलनका दौरान उठाएका न्यायोचित माग र मुद्दाहरूलाई सरकारले सम्बोधन गरिनुपर्ने, जेनजी विद्रोहलाई दबाउन भएको दमन, त्यस क्रममा भएका हिंसा, हत्या, आगजनी विध्वंशजस्ता क्रियाकलापहरूको छानबिन गरी दोषीमाथि कारबाही गर्न हाम्रो माग छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप