‘दिगो वन व्यवस्थापनका विषयमा छलफल र परामर्शबाट अगाडि बढ्ने’
सोमबार, २२ मङ्सिर २०८२, ०१ : १९
सारांश
- मुख्यमन्त्री शाहले दिगो वन व्यवस्थापनबारे सरोकारवालाहरूसँग छलफल गर्ने बताए।
- उनले कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
- वन क्षेत्रमा पारदर्शिताका लागि 'ई–विडिङ' र बजेट व्यवस्थापन गरिने कुरा गरे।
कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दिगो वन व्यवस्थापनका विषयमा सरोकारवालाहरूसँगको छलफल र परामर्शमार्फत अगाडि बढ्ने बताएका छन् ।
वन व्यवस्थापनका सवाल सम्बोधन गर्न गठित कार्यदलले सुझावसहित बुझाएको प्रतिवेदन बुझ्दै उनले मुलुक तथा प्रदेशका विद्यमान नियम, कानुन र कार्यक्षेत्रभित्र रही प्रतिवेदनमा समेटिएका सुझावलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
उनले वन क्षेत्रको काठ दाउरा बिक्री वितरण पारदर्शिता र प्रभावकारीका लागि ‘ई–विडिङ’ माध्यमबाट लैजानुपर्ने बताए । मुख्यमन्त्री शाहले वन क्षेत्र सुधारका लागि आवश्यक बजेटको व्यवस्थापन प्रदेश सरकारले गर्ने र यस प्रक्रियामा सबैका सुझाव, प्रतिक्रिया तथा सहकार्य अपरिहार्य रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण