बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग

पहिलो क्वालिफायरमा पूर्व र पश्चिमको भिडन्त

गत वर्षको कथा दोहोरिएला वा विराटनगरले रच्ला नयाँ इतिहास
सोमबार, २२ मङ्सिर २०८२, ०९ : १५
सोमबार, २२ मङ्सिर २०८२

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ।
  • खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ, विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ।
  • सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शन गर्दै तालिकामा शीर्ष स्थान हासिल गरेको छ, भने विराटनगरले पनि राम्रो सुधार गरेको छ।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा मंगलबार गत सिजनको उपविजेता सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबिच खेलिँदैछ । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा अपराह्न ४ बजे सुरु हुनेछ ।

यस खेलको विजेता टोली सोझै फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल मङ्सिर २७ गते खेलिनेछ । 

यो खेलमा पराजित हुने टोलीले फाइनलमा प्रवेशका लागि दोस्रो अवसर प्राप्त गर्नेछ । टोलीले काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबिच खेलिने एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । 

दोस्रो क्वालिफायरको विजेता पहिलो पहिलो क्वालिफायरको विजेतासँग फाइनलमा आमनेसामने हुनेछ ।

sudurpaschim vs biratnagar

  • सुदूरपश्चिम रोयल्सको क्वालिफायरसम्मको यात्रा

सुदूरपश्चिम रोयल्सले यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । ७ खेलमध्ये ६ मा जित र १ खेलमा हार बेहोर्दै टोलीले १२ अङ्क बटुलेर तालिकामा शीर्ष स्थानमा रह्यो ।

टोली लगातार ६ खेलमा अपराजित रहेको सुदूरपश्चिम आफ्नो अन्तिम खेलमा विराटनगर किंग्ससँग ६ विकेटले पराजित भएको थियो ।

594075100_122176967636455690_7308233790590220031_n

गत सिजन पनि टोली लिग चरणपछि समान अङ्क बटुलेर शीर्ष स्थानमा रहेको थियो । टोलीले पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई हराएर फाइनलमा स्थानमा बनाएको थियो । तर, फाइनलमा जनकपुरले टोलीलाई स्तब्ध बनाउँदै उपाधि हात पारेको थियो । 

  • विराटनगर किंग्सको क्वालिफायरसम्मको यात्रा

गत सिजनको तुलनामा विराटनगरले यो सिजन सुधारिएको प्रदर्शन गर्न सफल भएको छ । गत सिजन टोली लिग चरणपछि छैटौँ स्थानमा सीमित बनेको थियो । ७ खेलमा मात्र २ खेल जितेर टोलीले ४ अङ्क मात्र बटुल्न सक्यो ।

यो सिजन भने टोलीले ७ खेलमध्ये ५ खेलमा जित र २ खेलमा हार बेहोरेको छ । १० अङ्क बटुलेर नेट रनरेटको आधारमा सामान अङ्क बनाएको काठमाडौँ गुर्खाजलाई पछि पार्दै टोलीले दोस्रो स्थान ओगट्न सफल भयो ।

595119975_122177167244455690_698685477950490713_n

विराटनगरले यो सिजन पहिलो तीन खेलमा पोखरा एभेन्जर्स, काठमाडौँ गुर्खाज र जनकपुर बोल्ट्सलाई हराउँदै राम्रो सुरुवात गरेको थियो । चौथो खेलमा चितवन राइनोजसँग ४८ रनले स्तब्ध बने पनि अर्को खेलमा कर्णाली याक्सलाई ३ विकेट हराएको थियो । 

छैटौँ खेलमा टोली लुम्बिनी लायन्ससँग ५ विकेटले पराजित हुनपुग्यो । अन्तिम खेलमा अपराजित सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै टोलीले सशक्त रूपमा लिग चरण अन्त्य गर्‍यो ।

खेलाडीहरूको प्रदर्शन

  • कन्सिस्टेन्ट भण्डारी

यो सिजन सुदूरपश्चिमका लागि फेरि एकपटक सिनियर खेलाडी विनोद भण्डारी सुसङ्गत देखिएका छन् । उनी सबैभन्दा धेरै रन बनाउने ब्याटरहरूको सूचीमा शीर्ष पाँच स्थानमा रहेका छन् । ७ खेलबाट उनले ३३.५० को औसतमा २०१ रन बनाएका छन् । यसमा १ अर्धशतक समावेश छ । उनको उच्च स्कोर अविजित ६९ रन रहेको छ ।  उनले २० चौका र ६ छक्का प्रहार गर्दै आफ्नो स्ट्राइक रेट १०८.६४ कायम राखेका छन् ।

593294100_122176967546455690_2021737565386947567_n

भण्डारीपछि आरिफ शेखले टोलीका लागि सर्वाधिक रन बनाएका छन् । उनले ७ खेलबाट १६० रन जोडेका छन् । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले १४६ रन बनाएका छन् भने क्रिस लिनले १४३ रन प्रहार गरेका छन् ।

बलिङको मोर्चा अविनाश बोहराले सम्हालेका छन् । ७ खेलबाट उनले १२.२८ को औसतले १४ विकेट लिएका छन् । ७.८१ को इकोनोमी रहेको उनको उत्कृष्ट बलिङ प्रदर्शन ३० रन खर्चेर ४ विकेट लिनु हो ।

उनीबाहेक हर्मित सिंहले १० विकेट लिएका छन् भने स्कट कुगेलाइनले ८ विकेट हात पारेका छन् ।

  • क्याप्टेन कुल

विराटनगरका कप्तान सन्दीप लामिछानेले टोलीका लागि उदाहरणीय प्रदर्शन गरिरहेका छन् । उनले ७ खेलबाट सर्वाधिक १५ विकेट लिएका छन् । मात्र ९.५३ को औसतले विकेट लिइरहेका उनको इकोनोमी पनि उत्कृष्ट ५.१० रहेको छ । उनको उत्कृष्ट बलिङ प्रदर्शन ११ रन खर्चेर ४ विकेट लिनु हो ।

उनलाई मर्चेन्ट डी लाङले ८ विकेट लिँदै साथ दिइरहेका छन् । त्यस्तै, शुभम् सुवास रंजानेले ५ विकेट लिएका छन् ।

595119488_122177170106455690_6270709788064121624_n

यता, ब्याटिङमा बसिर अहमदले ७ खेलबाट सर्वाधिक १७६ रन बनाएका छन् । उनको २९.३३ को औसत र १२७.५३ को स्ट्राइक रेट रहेको छ । उनको उच्च स्कोर अविजित ६२ रन हो ।

त्यस्तै, लोकेश बमले समान खेलबाट १६५ रन जोडेका छन् । उनको उच्च स्कोर ७२ रन रहेको छ । मार्टिन गप्टिलले ४ खेलबाट १२१ रन जोडेका छन् । पछिल्लो खेलमा फाफ डुप्लेसिसले अर्धशतक बनाएका थिए ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप