फाफ डुप्लेसीको विस्फोटक स्ट्राइक रेट: दुई खेलमै प्रतियोगिताको सबैभन्दा प्रभावशाली प्रदर्शन
सारांश
- विराटनगर किङ्सका फाफ डुप्लेसी एनपीएलमा सर्वाधिक स्ट्राइक रेट भएका खेलाडी बने।
- उनले २ खेलमा ६२ रन बनाउँदै २१३.७९ को स्ट्राइक रेट कायम गरे।
- विदेशी खेलाडीहरूले उच्च स्ट्राइक रेटमा प्रभावशाली प्रदर्शन गरे।
काठमाडौँ। विराटनगर किङ्सका विदेशी स्टार फाफ डुप्लेसी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा स्ट्राइक रेटका हिसाबले हालसम्म सबैभन्दा उत्कृष्ट खेलाडीका रूपमा देखा परेका छन् । लीग चरणका २८ खेल सकिँदा उनले केवल दुई खेल खेलेका भए पनि ती दुई इनिङले नै उनलाई प्रतियोगिताको सबैभन्दा प्रभावशाली खेलाडीको रूपमा स्थापित गरेको छ ।

दुई खेलमा उनले जम्मा ६२ रन बनाए पनि उनको स्ट्राइक रेट २१३.७९ रहेको छ, जुन यस संस्करणमा सबैभन्दा उत्कृष्ट मानिएको छ। एक अर्धशतक प्रहार गर्दै उनले छोटो तर अत्यन्त प्रभावशाली ब्याटिङ शैलीका कारण लिगमा ‘इम्प्याक्ट प्लेयर’को छाप छोडेका छन् ।
समग्र स्ट्राइक रेट हेर्दा विदेशी खेलाडीहरू नै शीर्ष स्थानमा रहेका छन्। विराटनगरका फाफ डुप्लेसीपछि सुदूरपश्चिमका हर्मित सिंह १९३.७५ स्ट्राइक रेटसहित दोस्रो स्थानमा छन् भने पोखराका दान डाउथवेट १८७.१७ का स्ट्राइक रेटसहित तेस्रो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण