मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न

मङ्गलबार, २३ मङ्सिर २०८२, १० : ५४
मङ्गलबार, २३ मङ्सिर २०८२

सारांश

  • लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न भयो, जसमा दुई देशको साझा सांस्कृतिक सम्पदा प्रस्तुत गरिएको थियो।
  • कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख, भारतीय अधिकारीहरू र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
  • सांस्कृतिक साँझमा ओडिसी नृत्य र नेपाली ब्याण्ड 'घुगु मुगु'को प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो।

रुपन्देही । लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा आयोजना गरेको यो कार्यक्रममा बौद्ध धर्म र दुई देशको साझा सांस्कृतिक सम्पदामा केन्द्रित थियो ।

कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, भारत सरकारका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा र काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा राकेश पाण्डेले संयुक्त रूपमा गरेका थिए ।

कार्यक्रममा नागरिक समाज, शिक्षाविद्, वरिष्ठ भिक्षुहरू तथा लुम्बिनी विकास कोषका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो । सांस्कृतिक साँझमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को ६ सदस्यीय टोलीले सन्ध्या कुञ्जन मेनन दासको नेतृत्वमा बौद्ध विषयवस्तुमा आधारित ओडिसी नृत्य प्रस्तुत गरेको थियो । 

नेपाली ब्याण्ड ‘घुगु मुगु’ ले परम्परागत नेपाली संगीतमार्फत दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो । लुम्बिनीमा आयोजित यो तेस्रो संस्करणले भारत र नेपालबिचको मैत्रीपूर्ण सम्बन्धलाई सांस्कृतिक माध्यमबाट अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ । 

2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप