शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

आमाबुबाको बिचमा सुतेको २३ दिने शिशुको मृत्यु

मङ्गलबार, २३ मङ्सिर २०८२, ११ : ४२
मङ्गलबार, २३ मङ्सिर २०८२

सारांश

  • उत्तर प्रदेशको अमरोहा जिल्लामा २३ दिने शिशुको आमाबुबाको बिचमा सुतेको अवस्थामा मृत्यु भएको छ।
  • शिशुलाई दम्पतीले बिचमा सुताएका थिए र निन्द्राबाट ब्युँझिदा शिशुले कुनै हलचल नगरेको पाए।
  • चिकित्सकका अनुसार शिशुको निसासिएर मृत्यु भएको आशंका गरिएको छ र परिवारले प्रहरीमा उजुरी दिएको छैन।

काठमाडौँ । आमाबुबाको बिचमा सुतेको २३ दिने एक शिशुको मृत्यु भएको छ । दम्पतीले विवाहको ४ वर्षपछि उक्त शिशु जन्माएका थिए ।

भारतको उत्तर प्रदेश राज्यको अमरोहा जिल्लाको घटना हो यो । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार गजरौला थाना क्षेत्र अन्तर्गत सिहाली जागिर गाउँमा उक्त घटना भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार नवजात शिशुलाई दम्पतीले बिचमा सुताएका थिए । राति निन्द्रा खुल्दा बच्चाले हलचल नगरेको थाहा पाएलगत्तै दम्पतीले बच्चालाई अस्पताल पु-याएका थिए ।

गजरौलाको सामुदायिक स्वास्थ्य केन्द्रका चिकित्सक योगेन्द्र सिंहले बच्चाको मृत्यु भएको पुष्टि गरे । बच्चाको निसासिएर मृत्यु भएको हुन सक्ने उनको आशंका छ ।

उक्त घटनाका बारेमा पीडित परिवारका तर्फबाट प्रहरीमा कुनै उजुरी नदिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप