सिनामङ्गलमा भारतीय नागरिक मृत फेला
मङ्गलबार, २३ मङ्सिर २०८२, १२ : ५१
सारांश
- सिनामङ्गलमा एक भारतीय नागरिक आफ्नै कोठामा मृत फेला परेका छन्, प्रहरीले अनुसन्धान गर्दैछ।
- टोखा नगरपालिकामा एक गाई फार्ममा आगलागी हुँदा करिब ११ लाखको क्षति भएको छ।
- आगलागी विद्युत सर्ट भएर भएको अनुमान गरिएको छ।
काठमाडौँ । काठमाडौं महानगरपालिका-९ सिनामङ्गलमा डेरा गरी बस्ने एक भारतीय नागरिक आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्।
सिनामङ्गल डेरा गरी बस्ने भारत घर भएका ५५ वर्षीय सन्जय सिंह गए राति मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
यता, काठमाडौंको टोखा नगरपालिका-२ स्थित सोही नगरपालिकामा बस्ने भोजपुर हतुवागढी गाउँपालिका-१ घर भएका ३३ वर्षीय तुलसी राम नेपालले सञ्चालन गरेको गाई फर्ममा मंगलबार बिहान आगलागी भएको छ।
विद्युत सर्ट भई आगलागी हुँदा करिब ११ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण