रुपन्देही-५ बाट भरत शाहको नाम एकलौटी सिफारिस गरेको भन्दै विवाद
बुटवल । रुपन्देहीको क्षेत्र नम्बर ५ मा दोहोरो सिफारिस गरेको भन्दै कांग्रेसको संस्थापन इतर पक्षले असन्तुष्टि जनाएको छ । संस्थापन पक्षले पूर्व अर्थराज्यमन्त्री समेत रहेका र तीन पटक प्रतिनिधिसभामा निर्वाचित भरतकुमार शाहको नाम एकल सिफारिस गरेपछि विवाद भएको हो ।
शाहको नाम सिफारिसप्रति इतर पक्षले असहमति जनाउँदै विष्णु पोखरेलसहित तीनजनाको नाम केन्द्रीय कार्यालयलाई पठाएको छ । उम्मेदवार सिफारिसका लागि महासमिति सदस्य तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुलाई अनिवार्य उपस्थित गराउनुपर्ने कांग्रेसको विधानमा उल्लेख भएपनि भरतकुमार शाह पक्षले आफूहरुलाई उपस्थित नै नगराई एकलौटी सिफारिस गरेको इतर पक्षको आरोप छ ।
क्षेत्रीय सचिव कृष्णप्रसाद शर्माले पनि यसप्रति आपत्ति जनाएका छन् । क्षेत्रीय समितिले अनिवार्य रुपमा महासमिति सदस्य, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश महाधिवेशन प्रतिनिधिलाई सहभागि गराई सिफारिस गर्नुपर्नेमा रुपन्देही क्षेत्र नम्बर ५ मा आफू अनुकूलका प्रतिनिधिलाई मात्रै खबर गरिएको शर्माको जिकिर छ ।
इतर पक्षले पोखरेलका साथै महाधिवेशन प्रतिनिधि तथा पूर्व क्षेत्रीय सचिव प्रकाश भुसाल र महाधिवेशन प्रतिनिधि लीलाकुमारी पौडेलको नाम सिफारिस गरेको छ ।
यता रुपन्देही-५ का क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानले बैठकमा शाहको नाम मात्र प्रस्ताव आएको र कसैले विरोध नगरेकाले एकल सिफारिस गरिएको दाबी गरे ।
यस्तै संस्थापन पक्षले समानुपातिकतर्फ क्षेत्रीय सभापति वसिवुल्लाह मुसलमान र मामकला थापा तथा राष्ट्रियसभामा सूर्यमति उपाध्याय र शेषमन यादवलाई सिफारिस गरिएको छ ।
इतर पक्षले प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ अधिवक्ता शेषमन यादव, डोलबहादुर थापा, दिलमाया कँडेल, खडानन्द खनाल र सीता पोखरेल तथा राष्ट्रियसभामा रघुनाथ घिमिरे, इन्द्रबहादुर जीसी र कल्पना ढकाललाई सिफारिस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण