संग्राहलयको श्रीपेच अब राजाको शिरमा फर्काउने बेला आएको छ : कुन्तीदेवी पोख्रेल
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्तीदेवी पोख्रेलले नारायणहिटी दरबार संग्राहलयमा राखिएको श्रीपेचलाई पुनः राजाको शिरमा फर्काउनुपर्ने समय आएको बताएकी छन्।
काठमाडौँको रत्नपार्कमा भएको राप्रपाको आमसभामा सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनता र एकताका लागि राजसंस्था अपरिहार्य भएको धारणा राखिन्।
पोख्रेलले आफू भाषण गर्न नभई जेनजी आन्दोलनका घाइते र सडकमा ढलेका युवाहरूको आवाज लिएर सभामा उपस्थित भएको बताइन्। भदौ २३–२४ मा भएको जेनजी आन्दोलनमा सहभागी युवालाई कारबाही गर्ने अधिकार हालका गृहमन्त्रीलाई छैन भन्दै उनी आक्रामक बनिन्।
उनले भनिन्, “जेनजी आन्दोलनको रगतमा टेकेर बनेका गृहमन्त्रीले युवालाई कारबाही गर्न पाउँदैनन्। हिम्मत छ भने माओवादी जनयुद्धका नाममा विध्वंस मच्चाउनेहरूलाई कारबाही गर्नुस्, देशका लागि लडेका युवालाई होइन।”
राजनीतिक निकासका विषयमा उनले राजा, राजनीतिक दल र जेनजी आन्दोलनका युवाबिच नयाँ समझदारीको आवश्यकता रहेको उल्लेख गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण