विनोदको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियाे १५६ रनको लक्ष्य
काठमाडौँ । विनोद भण्डारीको अर्धशतकको सहयोगमा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १५६ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५५ रन बनायो ।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले ६३ रनको अर्धशतकीय पारी खेले । ५२ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे ।
सुदुरपश्चिमका शेल्डन ज्याक्सन र आरिफ शेखले समान २०–२० रन बनाउँदा हर्मीत सिंहले १४ रनको योगदान गरे ।
बलिङतर्फ विराटनगरका लागि प्रशित जिसी र मर्चान्ट डी ल्याङ्गेले दुई–दुई विकेट लिए । त्यस्तै वाशिर अहमद सूर्य तामाङ र शाम हेजलेटले एक एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनल पुग्ने योजनामा हुनेछ । यता विराटनगर दोस्रो पटक फाइनल पुग्ने योजनामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण