शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फागुन २१ निर्वाचन : सिरहाबाट कांग्रेसका उम्मेदवार सिफारिस

मङ्गलबार, २३ मङ्सिर २०८२, २१ : ३६
मङ्गलबार, २३ मङ्सिर २०८२

सिरहा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस सिरहाले जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिस प्रक्रिया पूरा गरेको छ ।

जिल्लाभरका क्षेत्रीय समितिहरूबाट प्राप्त प्रस्तावलाई समेट्दै कांग्रेसले अनुभवी नेता, पूर्वमन्त्रीदेखि नयाँ पुस्ताका प्रतिनिधिसम्मको नाम सिफारिस गरेको जिल्ला सभापति रामचन्द्र यादवले जानकारी दिए ।

सिरहा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ पूर्वमन्त्री पद्यनारायण चौधरी र रामसुन्दर चौधरी सिफारिस भएका छन् । समानुपातिकतर्फ उषा राउत, सूर्यनारायण यादव, परमेश्वर साह, श्रीचन पासमान र श्रमिला पोखरेलका नाम प्रस्तावित गरिएको छ ।

क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादव सिफारिस भएका छन् । समानुपातिकतर्फ पूर्वमन्त्री तथा अष्ट्रेलियाका राजदूत चित्रलेखा यादवको नाम अग्रस्थानमा राखिएको छ । राष्ट्रियसभा सदस्यका लागि अमियकुमार यादवको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ पूर्वमन्त्री तथा कांग्रेसकी पूर्वकोषाध्यक्ष सीतादेवी यादव र उहाँको छोरा डा सुभाषचन्द्र यादव सिफारिस हुनुभएको छ । समानुपातिक सूचीमा अमर रेग्मी, जिवछ गुप्ता र जगतारैन कामतीको नाम समावेश गरिएको क्षेत्रीय सभापति सञ्जय प्रकाश यादवले जानकारी दिए ।

त्यस्तै, क्षेत्र नम्बर ४ मा प्रत्यक्षतर्फ हज समितिका अध्यक्ष मोहम्मद मुक्तार अहमद, मन्जु खाँड (पूर्वगृहमन्त्री बालकृष्ण खाँडकी श्रीमती) र डा गणेश मण्डल सिफारिस भएका छन् ।

समानुपातिकतर्फ अरुणकुमार सिंह, रामएकवाल यादव, नागेश्वर भुडेर र रमेश न्यौपानेका नाम प्रस्तावित छन् । चारै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरूको नाम आधिकारिक रूपमा सिफारिस भइसकेको कांग्रेस सिरहाले जनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप