विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ
सारांश
- प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम ठगी गर्ने दुई जनालाई पक्राउ गर्यो।
- उजुना श्रेष्ठले रोमानिया पठाउने भन्दै १० लाख र मानबहादुर रिसालले चेक रिपब्लिक पठाउने भन्दै ४ लाख ५० हजार ठगे।
- पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइयो।
काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमि नगरपालिका–८ घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–५ बस्ने ३० वर्षीया उजुना श्रेष्ठ तथा कञ्चनपुर बेलौरी नगरपालिका–२ घर भई हाल ललितपुर टिकाथली बस्ने ४८ वर्षीय मानबहादुर रिसाल रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
उनले भने, ‘श्रेष्ठले रोमानिया पठाउने भन्दै रु १० लाख तथा रिसालले चेक रिपब्लिक पठाउने भन्दै रु चार लाख, ५० हजार रकम लिई विदेश नपठाइ सम्पर्कविहीन भएको पीडितहरूको उजुरीका आधारमा आज पक्राउ गरिएको हो ।’ पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले बताए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण