एसिया कप खेल्ने क्रिकेट टोलीको बिदाइ
सारांश
- युएईमा हुने एसिसी यु–१९ एसिया कपका लागि नेपाली क्रिकेट टोलीको बिदाइ गरियो।
- क्यानले बिदाइ कार्यक्रम गर्यो जसमा चतुरबहादुर चन्द र रोशन सिंहलगायत उपस्थित थिए।
- नेपालले डिसेम्बर १३ मा श्रीलङ्का, १५ मा बङ्गलादेश र १७ मा अफगानिस्तानसँग खेल्नेछ।
काठमाडौँ। संयुक्त अरब इमिरेट्स (युएई) मा डिसेम्बर १२ देखि हुने एसिसी पुरुष यु–१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ क्यानले मंगलबार एक कार्यक्रमको आयोजना गरेर बिदाइ तथा विजयीको शुभकामना दिएको हो । बिदाइ कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंहलगायतको उपस्थिति रहेको थियो । अशोक धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा युएई प्रस्थान गर्नेछ ।
अन्य सदस्यमा नीरजकुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिव्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिस लोहार, नितेस पटेल, चन्दन राम, रोशन विक, विपीन शर्मा, वंश छेत्री र युवराज खत्री रहेका छन् । नेपालको पहिलो खेल श्रीलङ्कासँग डिसेम्बर १३ तारिखमा राखिएको छ ।
यस्तै, दोस्रो डिसेम्बर १५ मा बङ्गलादेश र तेस्रो डिसेम्बर १७ मा अफगानिस्तानसँग रहेको छ । नेपालका सबै खेल सेभेन्स स्टेडियममा राखिएका छन् । प्रतियोगितामा आठ टोली सहभागी छन् ।
समूह ए मा भारत, पाकिस्तान, युएई र मलेसिया रहेका छन् । समूह बी मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन् । प्रतियोगिताका खेलहरू आइसिसी एकेडेमी र द सेभेन्स स्टेडियममा हुनेछन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोली डिसेम्बर १९ तारिखमा सेमिफाइनल खेल्नेछन् । उपाधि भिडन्त डिसेम्बर २१ तारिखमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण